काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्। भारतीय विदेश मन्त्री एस। जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा सुरु भएको उक्त भ्रमण आइतबारसम्म जारी रहने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले भारतीय विदेश मन्त्री डा. जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। उक्त भेटमा दुई देशबीचको व्यापार, लगानी, ऊर्जा सहकार्य, भौतिक सम्पर्क सञ्जाल विस्तार तथा जनस्तरका सम्बन्धसहित आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल-भारत सम्बन्धको निरन्तर उच्चस्तरीय संवाद प्रक्रियाअन्तर्गत हुने यो भ्रमणले दुई देशबीचको दीर्घकालीन तथा बहुआयामिक साझेदारीलाई थप मजबुत बनाउन योगदान पुग्ने विश्वास गरिएको मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
भ्रमणका सन्दर्भमा मन्त्री खनालले नागरिकको परिवर्तनप्रतिको अपेक्षा क्रमशः बढ्दै गएको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवाला निकायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन्।
यसैबीच, भारतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किने कार्यक्रम रहेको छ।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौं । नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ । ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend