काठमाडौँ। बैंकिङ प्रणालीमा विद्यमान अधिक तरलता नियन्त्रण तथा व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले शुक्रबार ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ७७ दिन अवधिको लागि उक्त रकम बजारबाट तान्न लागेको जनाएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता उच्च स्तरमा रहेकाले राष्ट्र बैंकले नियमित रूपमा बजारबाट रकम अवशोषण गर्दै आएको छ।
यस प्रक्रियामा सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले शुक्रबार दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सहभागी संस्थाहरूले आफूले निक्षेप गर्न चाहेको रकमसँगै प्रस्तावित ब्याजदर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ। प्राप्त प्रस्तावमध्ये न्यूनतम ब्याजदरका आधारमा राष्ट्र बैंकले रकम स्वीकृत गर्नेछ।
निक्षेप संकलन कार्यक्रममा न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सकिनेछ। साथै, कुल माग गरिएको रकमको सीमाभित्र रही पाँच करोड रुपैयाँले भाग जाने रकमका लागि बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार यसरी संकलन गरिने निक्षेपको अवधि ७७ दिन रहनेछ र उक्त उपकरण २०८३ साल भदौ ५ गते परिपक्व हुनेछ।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend