Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको क्रियाशील सदस्यताको अद्यावधिक गर्ने अवधि एक साता थपियो


    शुक्रबार, जेष्ठ २२ २०८३
    250
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको अवधि थप एक साता बढाएको छ ।

    जेठ २१ गतेसम्मका लागि यसअघि तय गरिएको समयमा थप एक साता थपिएको हो । महामन्त्री एवं क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलको नेतृत्वमा रहेको समितिले जेठ २८ गतेसम्मका लागि अवधि थप गरेको हो ।

    ‘पछिल्ला दिनहरूमा क्रियाशील सदस्यता अद्यावधिकको कार्य देशभरि अत्यन्त उत्साहजनक रूपमा अगाडि बढिरहेको छ । पार्टीका विभिन्न तहहरूबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयानुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि २०८३ जेठ २८ गते राति १२:०० बजेसम्म अन्तिम पटकका लागि कायम गरिएको छ,’ सदस्यता व्यवस्थापन समितिले सूचना जारी गरेर भनेको छ ।

    वैशाख १ गतेदेखि सुरु गरिएको अभियानमा बिहीबारसम्म करिब चार लाखले क्रियाशील सदस्यता अद्यावधिक गरेको समितिले जानकारी गराएको छ ।

    पूर्व सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला पक्ष भने क्रियाशील सदस्यता अद्यावधिकको विरोधमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार