काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनाल आज भारतको औपचारिक भ्रमणमा जाँदैछन् ।
परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्तिमार्फत भ्रमणसम्बन्धी कार्यक्रम सार्वजनिक गर्दै मन्त्री खनालको तीन दिने भारत भ्रमण तय भएको जनाएको छ।
मन्त्रालयका अनुसार भारतीय विदेश मन्त्री डा. एस जयशंकरको निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल जेठ २२ देखि २४ गतेसम्म भारतमा रहनेछन्।
भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल र भारतका परराष्ट्र मन्त्रीबीच औपचारिक द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। वार्तामा दुई देशबीचको साझा चासो र पारस्परिक हितसँग सम्बन्धित विविध विषयमा छलफल हुने जनाइएको छ।
विशेष गरी व्यापार, लगानी, ऊर्जा सहकार्य, यातायात तथा सम्पर्क सञ्जाल विस्तार र दुई देशका नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषय बैठकको प्रमुख एजेन्डामा रहनेछ।
परराष्ट्र मन्त्रालयले यस भ्रमणलाई नेपाल।भारतबीच नियमित रूपमा हुने उच्चस्तरीय संवादको निरन्तरताका रूपमा लिँदै यसबाट द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने अपेक्षा व्यक्त गरेको छ। मन्त्रालयका अनुसार ऐतिहासिक, कूटनीतिक तथा बहु आयामिक सम्बन्धलाई अझ सघन बनाउने दिशामा भ्रमण फलदायी हुने विश्वास गरिएको छ।
निर्धारित कार्यक्रमअनुसार परराष्ट्र मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किनेछन्।
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend