काठमाडौँ। ओपनर कुशल भुर्तेलको कीर्तिमानी प्रर्दशनमा मलेसियालाई पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली समूह विजेताको रुपमा एसियन गेम्स छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको खेलमा मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह ‘ए’को विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो। नेपालसँग हारका बाबजुद पनि मलेसियाले समूह उपविजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा चीनलाई हराएका नेपाल र मलेसियाले यसअघि नै एसियन गेम्समा स्थान बनाइसकेका छन्।
बिहीबार नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ओभरमा नौ विकेटको क्षतिमा १०८ रन मात्र बनाउन सक्यो।
मलेसियालाई कम स्कोरमा रोक्न शेर मल्लले तीन विकेट लिए। उनले आफ्नो स्पेलमा १४ रन खर्चे।
त्यसअघि सिंगापुर नेशनल क्रिकेट मैदानमा मलेसियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालीले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २७५ रनको विशाल योगफल तयार पारेको थियो।
नेपालका लागि ओपनर कुशल भुर्तेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसियाविरुद्ध शतक प्रहार गरेका कुशल टी–२० आई मा नेपालका लागि लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी बने। कुशलले ४४ बलमा शतक पूरा गरे। उनले ४४ बलमा १० चौका र ७ छक्का सहयोगमा शतक पूरा गरेका थिए।
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend