Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • सगरमाथामा ६ दिनदेखि बेपत्ता दावा शेर्पा खुम्बु आइसफल क्षेत्रमा भेटिए, हेलिकप्टरमा काठमाडौँ ल्याइँदै


    बिहिबार, जेष्ठ २१ २०८३
    235
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटक गाइड दावा शेर्पा गम्भीर बिरामी अवस्थामा भेटिएका छन्।

    बिहीबार बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदाले उनलाई सगरमाथा आइसफल क्षेत्रबाट आधार शिविरतर्फ घस्रिदै आइरहेको अवस्थामा फेला पारेका हुन्।

    पर्यटन बोर्डका पूर्व सदस्य ङावाङिमा शेर्पाले दिएको जानकारी अनुसार आरोही पर्यटकहरूको सहयोगीका रूपमा गएका उनी गएको ६ दिनदेखि बेपत्ता थिए।

    ओखलढुंगा खिजिदेम्बा गाउँपालिका निवासी शेर्पा आधार शिविर फर्किने क्रममा एकाएक हराएका थिए। उनको खोजीका लागि सगरमाथाको तेस्रो शिविर आसपास क्षेत्रमा हेलिकोप्टरसमेत परिचालन गरिएको थियो। तर उनी फेला परेका थिएनन्।

    उनलाई खुम्बु आइसफल क्रयाम्पन पोइन्ट छेउबाट आधार शिविरतर्फ घस्रिदै आएको अवस्थामा बिहीबार बिहान फेला पारेर उद्धार गरिएको हो।

    उनको खुट्टा र हात हिउँले खाएको छ। प्रारम्भिक उपचारपछि उनलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याउने तयारी भइरहेको शेर्पाले बताए। उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

    पर्वतरोहण क्षेत्रका व्यक्तिहरूले बेपत्ता भएको एकसातापछि उनी जीवितै भेटिएको घटनालाई चमत्कार भनेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार