Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • रविसँगको भेटपछि मोदीले लेखे- साझा समृद्धिका लागि नेपालसँग सहकार्य गर्न तयार छौं 


    बुधबार, जेष्ठ २० २०८३
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न तयार रहेको बताएका छन् ।

    भारत भ्रमणमा रहेका सत्तारूढ रास्वपा सभापति रवि लामिछानेसँगको भेटमा उनले यस्तो धारणा राखेका हुन् ।

    उनले लामिछानेसँगको भेटले आफूलाई खुसी तुल्याएको उल्लेख गर्दै सामाजिक संजालमा फेसबुकबाट आफ्नो धारणा व्यक्त गरेका हुन्। ‘साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्ने उहाँको इच्छालाई म हार्दिक स्वागत गर्दछु र पूर्णरूपमा समर्थन गर्दछु’ मोदीले भनेका छन् ।

    मोदीले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाल एक प्राथमिक साझेदार राष्ट्र भएको उल्लेख गरेका छन् ।

    ‘दुवै देशबीच रहेको विशेष तथा बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुक छौं,’ रविसँगको भेटपछि मोदीले फेसबुकमा लेखेका छन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार