काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन्।
बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी गनर्न र नबोल्न चेतावनी दिए।
‘नेपालले कसैको एकइन्च जमिन पनि मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा,’ उनले प्रश्न गरे, ‘देश द्रोही अभिव्यक्ति उनले दिएका छन्। यो मान्य छैन।’
ओलीले अरु देशलाई हाम्रो सीमा विवादमा जोड्नु जरुरी नभएको बताए।
‘अरु देशलाई हाम्रो सीमा विवादमा जोड्नु जरुरी छैन,’ ओलीले भने, ‘प्रधानमन्त्री संवाद भइरहेको छ भन्छन्। अर्को देशलाई किन सामेल गर्नेरु यति अराजनीतिक, अकुटनीतिक कुरा पनि बोलिन्छ ?’
उनले छिमेकीहरुबीच कुनै विवाद पर्यो भने दुईपक्षीय बसेर समाधान गरिनुपर्ने उनले बताए।
बालेनको नाम लिँदै ओलीले भने, ‘नेपाल तपाईको घर मात्रै होइन। तपाई जन्मिनुभन्दा धेरै अघि देखिको देश हो नेपाल। गाई कि त्रिशूल जस्तो गरेर आएका प्रधानमन्त्रीलाई देशमा जथाभावी गर्न दिइने छैन।’
ओलीले सेनाको भूमिकाप्रति पनि प्रश्न गरे। सेना बालेनको पक्षमा र सुकुम्बासीको विपक्षमा देखिएको आ।रोप उनले लगाए। ‘सेना निस्पक्ष भएन,’ उनले भने।
काठमाडौं । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ पालिकाका प्रमुख प्रशासकीय अधिकृतको...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौँ । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्राप्त नगरी हवाई टिकट नकाट्न वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आग्रह गरेको छ। विभागले शुक्रबार अत्यन्त जरुरी सूचना जारी...
काठमाडौँ। गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) निलम्बन गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि निलम्बन...
काठमाडौ । नेपाल–ताईवान संघले भोटेकोशी बाढिपीडत राहतकोषमा ३२ लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend