काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहविरुद्ध उनकै दलका बहुमत सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन् । यससँगै प्रदेश कांग्रेसभित्र लामो समयदेखि चलिरहेको आन्तरिक असन्तुष्टि औपचारिक रूपमा सतहमा आएको छ ।
प्रदेश सभामा कांग्रेसका १८ सांसद रहेकामा एक सांसद प्रकाश देउवा लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् । नेपालमा रहेका १७ सांसदमध्ये ९ जनाले हस्ताक्षर गरी मंगलबार संसदीय दलमा शाहविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको कांग्रेस स्रोतले जनाएको छ ।
पछिल्लो समय मुख्यमन्त्री शाहको कार्यशैली र नेतृत्वप्रति दलभित्र असन्तुष्टि बढ्दै गएको थियो । केही सांसदहरूले सार्वजनिक रूपमा नै नेतृत्व परिवर्तनको माग गर्दै उनको राजीनामा मागेका थिए । बढ्दो दबाबबीच मुख्यमन्त्री शाहले आफूले बहुमत सांसदको समर्थन गुमाएको पुष्टि भए पद त्याग्न तयार रहेको बताएका थिए ।
त्यसपछि असन्तुष्ट पक्षले हस्ताक्षर संकलन अभियान अघि बढाएको थियो । आवश्यक समर्थन जुटाएपछि संसदीय दलमा औपचारिक रूपमा अविश्वास प्रस्ताव दर्ता गरिएको हो ।
अविश्वास प्रस्ताव दर्ता भएसँगै अब नेपाली कांग्रेस संसदीय दलको बैठक निर्णायक बन्ने देखिएको छ । बैठकले वर्तमान नेतृत्वलाई निरन्तरता दिने वा नयाँ नेता चयन गर्ने विषयमा निर्णय गर्नेछ ।
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend