Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तोलामै २० हजारले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    आइतबार, जेष्ठ १७ २०८३
    515
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ ।

    सरकारले शुक्रबार घोषणा गरेको बजेटपछि सुनको भन्सार दर १० प्रतिशतबाट २० प्रतिशत पुर्‍याएपछि त्यसलाई आइतबार समायोजन गर्दा मूल्य एकैदिन २० हजार ५ सय रुपैयाँ बढेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २० हजार ५ सय रुपैयाँ प्रतितोला मूल्य बढेसँगै आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार २ लाख ९० हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    यसको प्रभावले चाँदी पनि उच्च दरले महँगिएको छ । आइतबार चाँदीको भाउ तोलामा ३०५ रुपैयाँ बढेको छ । शुक्रबार तोलाको ५ हजार ४० रुपैयाँ रहेको चाँदी आज ५ हजार ३४५ रुपैयाँ पुगेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार