काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पुनले यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरेका हुन् ।
उनले भने, ‘डिजिटल युगमा एजेण्डा सामाजिक सञ्जालबाटै तय हुन्छ, तर त्यहाँ स्थिर नेतृत्व हुँदैन । लाइक माइन्डेडहरूको समूह बन्यो र एजेण्डा सेट भयो ।’ पुनले यस्ता आन्दोलन अत्यन्त तीव्र र हिंसात्मक हुने तर भर्चुअल दुनियाँबाट उठेका आन्दोलन उत्तिकै छिटो पतन हुने बताए । उनले २०७९ को चुनावमा मधेशमा सिके राउतको पार्टीको उदाहरण दिँदै एकैछिनमा उदाएका शक्तिहरू अहिले कतै नरहेको उल्लेख गरे ।
‘एक महिनाभित्रै नयाँ दलका दुई मन्त्री पदमुक्त हुनुले उनीहरूको जग कमजोर रहेको पुष्टि गर्छ,’ पुनले भने । उनले विचार, त्याग र बलिदानबिना आएका शक्तिले समाज सम्हाल्न नसक्ने ठहर गरे । पुनले स्थापित दलहरूलाई प्रविधिमैत्री बनाउन चुनौतीपूर्ण रहे पनि दीर्घकालीन रूपमा उनीहरूले नै देश सम्हाल्ने अवस्था आउने विश्वास व्यक्त गरे ।
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend