काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पुनले यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरेका हुन् ।
उनले भने, ‘डिजिटल युगमा एजेण्डा सामाजिक सञ्जालबाटै तय हुन्छ, तर त्यहाँ स्थिर नेतृत्व हुँदैन । लाइक माइन्डेडहरूको समूह बन्यो र एजेण्डा सेट भयो ।’ पुनले यस्ता आन्दोलन अत्यन्त तीव्र र हिंसात्मक हुने तर भर्चुअल दुनियाँबाट उठेका आन्दोलन उत्तिकै छिटो पतन हुने बताए । उनले २०७९ को चुनावमा मधेशमा सिके राउतको पार्टीको उदाहरण दिँदै एकैछिनमा उदाएका शक्तिहरू अहिले कतै नरहेको उल्लेख गरे ।
‘एक महिनाभित्रै नयाँ दलका दुई मन्त्री पदमुक्त हुनुले उनीहरूको जग कमजोर रहेको पुष्टि गर्छ,’ पुनले भने । उनले विचार, त्याग र बलिदानबिना आएका शक्तिले समाज सम्हाल्न नसक्ने ठहर गरे । पुनले स्थापित दलहरूलाई प्रविधिमैत्री बनाउन चुनौतीपूर्ण रहे पनि दीर्घकालीन रूपमा उनीहरूले नै देश सम्हाल्ने अवस्था आउने विश्वास व्यक्त गरे ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend