काठमाडौं । नेकपा एकीकृत समाजवादीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा निर्वाचन परिणामप्रति आशङ्का व्यक्त गरेका छन् ।
शनिवार काठमाडौंमा अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाइ नजिकको सिटलाई ‘सुनामी’को संज्ञा दिए।
उनले निर्वाचनमा सेना, सरकार र निर्वाचन आयोगको भूमिका तथा मतपत्रको अवस्थाबारे गम्भीर प्रश्न उठाएका हुन् । “सेनाको भूमिका कस्तो रह्यो? सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्योरु मतपत्रको अवस्था कस्तो रह्यो रुयी सबै कुरा एक न एक दिन स्पष्ट हुन्छन्,” नेपालले भने । उनले २०४७ सालको संविधानदेखि नै महिला र दलितको विशेष प्रतिनिधित्वका लागि आफूहरूले पहल गरेको स्मरण गर्दै नयाँ दलका प्रतिनिधिहरूले परिवर्तनको इतिहास नबुझेको टिप्पणी गरे ।
उनले कार्यकर्तालाई विचलित नहुन आग्रह गर्दै यो अस्थायी सुनामी मात्र भएको र विगतको योगदानको रक्षा गर्दै दृढताका साथ अघि बढ्न आह्वान गरे ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend