Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते


    शनिबार, जेष्ठ १६ २०८३
    320
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

    दार्चुलादेखि जुम्ला जाँदै गरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१र०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।

    दुर्घटनामा घाइते भएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने वर्ष ४१ को नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका-५ बस्ने ४५ वर्षका रामप्रकाश थारुको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

    उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० बस्ने २७ वर्षका सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउँपालिका-४ बस्ने अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहानगरपालिका-५ बस्ने २८ वर्षे राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ ।

    घाइतेहरूको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्‍याएको थियो । उनीहरूको उक्त अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार