काठमाडौं । कम्बोडिया सरकारले भिसा समयावधि सकिएर पनि त्यहीँ बसिरहेका ६०२ जना नेपालीलाई जरिबाना मिनाहा गरिदिएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधमा कम्बोडिया सरकारले नेपालीको जरिबाना शुल्क मिनाहा गरेर उनीहरूलाई स्वदेश फर्कन सहज बनाइदिएको हो ।
भिसा शुल्क मिनाहा भएकामध्ये अझै ३०२ जना नेपाली कम्बोडियामै छन् । अब उनीहरूलाई स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ । दूतावासका अनुसार उनीहरूलाई ट्राभल डकुमेन्ट उपलब्ध गराइसकिएको छ ।
कम्बोडियामा भिसाको समयावधि समाप्त भइसकेपछि बस्ने विदेशीलाई दिनको १० अमेरिकी डलर जरिबानाको कानुनी व्यवस्था छ ।
दूतावासले भिसा अवधि सकिएका सबै नेपालीलाई कम्बोडिया छोडेर एक हप्ताभित्रै स्वदेश फर्किन अनुरोध गरेको छ । तोकिएको समयमा स्वदेश नफर्किनेहरूलाई कम्बोडिया सरकारले नयाँ कानुनअनुसार जरिबाना तथा कैद सजाय गर्नेछ ।
कम्बोडियाले ल्याएको नयाँ कानुनमा अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा काम गर्ने विदेशी र भिसा अवधि सकिएपछि पनि बस्ने विदेशीलाई पाँच लाख अमेरिकि डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था गरेको छ ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend