काठमाडौँ। अमेरिका र इरानबीच जारी युद्धविरामको अवधि थप गर्ने सहमति भएको छ।
अमेरिका र इरानबीच वार्ताबारे जानकार स्रोतहरूलाई उद्धृत अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले दुई देशबीच युद्धविराम अवधी थप ६० दिन लम्ब्याउन सहमति भएको उल्लेख गरेको छ।
यो अवधिमा विश्वभर ऊर्जा आपूर्तिका लागि अत्यन्त संवेदनशील मानिएको हर्मुज जलमार्गमा जहाजहरुको आवतजावत सहज बनाउने सहमति भएको पनि रोयटर्सले लेखेको छ।
युद्धविराम अवधि थपिएको ६० दिनमा अमेरिका र इरानले आणविक कार्यक्रमजस्ता जटिल विषयमा वार्ता जारी राख्दै निष्कर्षमा पुग्ने भनिएको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले बिहीबार वासिङ्टनमा पत्रकारहरूसँगको कुराकानी गर्दै सम्झौता अत्यन्त नजिक पुगेको बताएका छन्।
‘सहमति नै भइसकेको अवस्था भने छैन। तर त्यसमा हामी अत्यन्त नजिक छौं। शतप्रतिशत ग्यारेन्टी गर्न सक्ने अवस्था बनिसकेको छैन। तर अहिले सकारात्मक छौं,’ उनले पत्रकारहरूसँग भनेका छन्।
इरानको अर्धसरकारी समाचार संस्था तस्निमले भने सम्झौताको मस्यौदा अझै अन्तिम रूप नपाएको र पुष्टि नगरिएको जनाएको छ।
प्रस्तावित सहमतिअनुसार अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने, इरानी तेल बिक्रीसम्बन्धी केही प्रतिबन्ध खुकुलो बनाउने तथा हर्मुज जलमार्गमा अवरोधरहित ढुवानी सुनिश्चित गर्ने उल्लेख छ।
विश्वको करिब पाँचौं हिस्सा तेल तथा तरलीकृत प्राकृतिक ग्यास आपूर्ति यही मार्गबाट हुने भएकाले सम्भावित सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्न थालेको छ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend