काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द विरुद्ध परेका उजुरीका विषयमा पाँच दिनभित्र विस्तृत जवाफ पेश गर्न निर्देशन दिएको छ ।
राखेपले क्यानलाई पठाएको पत्रमार्फत अध्यक्ष चन्दसँग सम्बन्धित विभिन्न आरोपबारे तथ्यगत राय, प्रतिक्रिया तथा प्रमाणित कागजात उपलब्ध गराउन भनेको हो । परिषद्का अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको उजुरीका आधारमा आवश्यक विवरण माग गरिएको जनाएको छ ।
उजुरी २०८३ वैशाख १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा दर्ता भएको बताइएको छ । त्यसपछि आयोगले वैशाख २९ गते युवा तथा खेलकुद मन्त्रालय लाई पत्राचार गरेको थियो । मन्त्रालयले सोही विषयमा वैशाख ३१ गते राखेपलाई आवश्यक प्रक्रिया अघि बढाउन र १० दिनभित्र प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिएको थियो ।
मन्त्रालयमार्फत प्राप्त विवरणअनुसार क्यानका अध्यक्ष, कोषाध्यक्ष तथा अन्य पदाधिकारीमाथि पदीय अधिकारको दुरुपयोग गरी सार्वजनिक स्रोतको अनियमित प्रयोग गरेको आरोप उल्लेख गरिएको छ । साथै, अमेरिकामा सम्पन्न विश्वकप भ्रमण व्यवस्थापन, कर्मचारी नियुक्ति प्रक्रिया, अपांगता भत्ता वितरण, वार्षिक साधारण सभा सञ्चालन, विश्वकप जर्सी तथा टिकट व्यवस्थापनसँग सम्बन्धित विषयमा समेत अनियमितता भएको दाबी उजुरीमा समावेश रहेको जनाइएको छ ।
राखेपले गत बिहीबार क्यानलाई पठाएको पत्रमा उजुरीमा उठाइएका सबै बुँदामा स्पष्ट र बुँदागत जवाफ दिन आग्रह गरेको छ । परिषद्ले उपलब्ध गराइने कागजात तथा विवरण प्रमाणित र तथ्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै पछि फरक नपर्ने गरी विवरण पेश गर्न निर्देशन दिएको जनाएको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend