काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यसहित तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।
अमेरिका, इरान र मध्यस्थ गरिरहेका राष्ट्रहरूबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र अब केवल अन्तिम रूप दिन बाँकी रहेको ट्रम्पले बताएका छन्।
ट्रम्पले अधिकांश विषयमा सहमति भइसकेको भनेर आइतबार घोषणा गरेका हुन्।
प्रस्तावित ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको प्रारम्भिक वार्ता अवधि रहनेछ भने आवश्यक परे यो अवधि एक महिनासम्म थप गर्न सकिने व्यवस्था पनि रहने बताइएको छ।
वालस्ट्रिट जर्नलका अनुसार यो प्रारम्भिक सम्झौताको मुख्य उद्देश्य युद्ध रोक्ने, अस्थायी कूटनीतिक ढाँचा स्थापना गर्ने र विश्व तेल आपूर्तिको प्रमुख मार्ग स्ट्रेट अफ हर्मुज सञ्चालनमा ल्याउने हो।
‘अमेरिका, इरान र मध्यस्थ राष्ट्रहरूबीच अधिकांश सर्तमा सहमति भइसकेको छ, अन्तिम विवरण छिट्टै सार्वजनिक गरिनेछ,ु ट्रम्पले भनेका छन्।
सम्झौताअन्तर्गत इरानले हर्मुज अस्थायी रूपमा खोल्ने र युद्धविरामको वातावरण बनाउने, त्यसको बदलामा अमेरिकाले इरानमाथिको केही प्रतिबन्ध सहज बनाउने तथा वार्ता जारी रहने अवधिमा समुद्री मार्गमा अवरोध नहुने सुनिश्चितता दिने चर्चा छ।
तर यो अझै प्रारम्भिक ढाँचा मात्र भएकाले दुवै पक्षले अन्तिम सहमतिका लागि विस्तृत वार्ता जारी राख्नेछन्।
अमेरिका इरान युद्धविराम गम्भीर मोडमा पुगेपछि युद्ध अन्त्यको अन्तिम प्रयन्त गर्न पाकिस्तानी सेना प्रमुख असिम मुनिर तेहरान गएका थिए। उनले त्यहाँ राजनीतिकसँगै सैन्य नेतृत्वहरूसँग कुरा गरेका थिए।
न्युयोर्क टाइम्सका अनुसार प्रस्तावित सम्झौतामा इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्ने प्रारम्भिक सहमति जनाएको छ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend