Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णालीका ५ जिल्लामा ३ दिनदेखि टेलिकमको नेटवर्क अवरुद्घ


    मंगलबार, चैत्र १० २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कर्णाली प्रदेशका ५ जिल्लामा नेपाल टेलिकमले वितरण गरेका एडीएसएल, जीएसएम, सीडीएमए र डाटा सेवा ३ दिनयता अवरुद्घ छन् । 

    चैत ७ गते राति दैलेखको महाबु लेखमा रहेको नेपाल  टेलिकमको रिपिटर टावरमा खरावी आउँदा कर्णालीका ५ जिल्लामा नेटवर्क अवरुद्घ भएको होे ।

    महाबुमा रहेको टावरमार्फत कर्णाली प्रदेशका जुम्ला, कालिकोट, डोल्पा र मुगुमा नेपाल टेलिकमले दिँदै आएकामा गत ७ गते राति समस्या आउँदा सेवा अवरुद्घ भएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन्त मल्लिकले बताए ।

    तत्कालका सेवा सञ्चालन गर्न काठमाडौंबाट नयाँ सामानसहित प्राविधिक टोली सोमवार सुर्खेत पुगेको छ । टोली मंगलवार साँझ महाबुलेखमा पुगेर बिगे्रको मशिन मर्मत गरेपछि बुधवारसम्म सेवा नियमित हुने प्रमुख मल्लिकले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार