काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विगतमा हरेक सरकारी निकाय दलीकरण गरिएको भाष्य नै खडा गरी चुनावमा झन्डै दुईतिहाई बहुमत प्राप्त गर्यो ।
पुराना पार्टीहरुले सरकारी निकायमा दलीयकरण गरेको आरोप लगाउँदै सामाजिक संजालमा घृणा फैलाउने रास्वपाले सत्तामा आएपछि गरेका नियुक्तिमा पार्टीनिकट र कार्यकर्तालाई नै प्राथमिकता दिएका तथ्यहरु प्राप्त भएका छन् ।
खुल्ला प्रतिस्पर्धा गरी मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने भन्दै अध्यादेश ल्याएर १५३४ नियुक्ति खारेज गरेको रास्वपाले धमाधम दलनिकटहरुलाई नै धमाधम नियुक्त गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका २ संचालक, राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवदेखि सेन्सर बोर्डको सदस्य नियुक्तिमा कार्यकर्ता नियुक्ति गरेको आरोप रास्वपामाथि लागेको छ ।
मेरिटोक्रेसीका आधारमा नियुक्त गर्छौं भन्ने रास्वपाले स्वास्थ्य मन्त्रालय अन्तर्गत गरेका केही नियुक्तिमा मेरिटोक्रेसीलाई भन्दा दलीयकरणलाई प्राथमिकता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले २०८३ बैशाख २९ गते रास्वपा निकट डा. दीपेन्द्र पाण्डेलाई नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्टारको जिम्मेवारी दिएकी छन् ।
पाण्डेको दरबन्दी कोशी अस्पतालमा छ । लामो समयदेखि नियमबिपरीत वीर अस्पतालमा काजमा कार्यरत रहेका दशौं तहका चिकित्सक पाण्डेलाई काजफिर्ता गरी कोशीमै पठाउनुपर्ने थियो । तर मन्त्री मेहताले मेडिकल काउन्सिलको निमित्त रजिष्टारको जिम्मेवारी दिएकी छन् । सस्तो लोकप्रियता कमाउन र भाइरल हुन काजमा कार्यरत चिकित्सक र कर्मचारीलाई दरबन्दीमै फिर्ता गरेको प्रचार गराएकी मन्त्री मेहताले रास्वपाका कार्यकर्ताका रुपमा चिनिएका डा. पाण्डेलाई भने काजफिर्ता नगरी झन् महत्वपूर्ण मेडिकल काउन्सिलको निमित्त रजिष्टार बनाएकी छन् ।
मेडिकल काउन्सिलको निर्वाचनमा एमालेसहितका प्रगतिशील समूहनिकट चिकित्सकहरुको प्यानलबाट डा. पाण्डे सदस्यमा बिजयी भएका थिए भने डा. कुन्जाङ शेर्पा उपाध्यक्ष निर्वाचित भएका थिए । तर पाण्डे र शेर्पा एमालेको मतले चुनाव जिते पनि चुनावअघि रास्वपाको पक्षमा माहौल देखिएपछि उपियाँले … छाडेझैं छाडेर रास्वपानिकट हुन पुगेका थिए । र, पाण्डेले त सामाजिक संजालमा भदौ २४ मा सिंहदरबार, सर्वोच्चमा आगो लगाउनेहरुको जस्तै राष्ट्रिय झन्डाले शरीर ढाकेको तस्वीर राखी काठमाडौं क्षेत्र नम्बर ५ मा सस्मित पोखरेललाई मत मागेका थिए ।
कुन्जाङ शेर्पाकी श्रीमती डा. ओजस्वी शेरचन त रास्वपाको समानुपातिक सांसद नै भएकी छन् । कुन्जाङ शेर्पा काउन्सिलको अघिल्लो कार्यसमितिको सदस्यमा पनि एमालेबाटै जितेका थिए । एमालेबाट लिनुसम्म लाभ लिएर उनी रास्वपामा प्रवेश गरी पूर्वगृहमन्त्री सुधन गुरुङसँग निकट भएका छन् । स्वास्थ्य मन्त्रालयमा रास्वपाकी नेतृ मेहता मन्त्री भएपछि नियुक्तिका सवालमा डा. कुन्जाङ शेर्पा, डा. दीपेन्द्र पाण्डे, डा. तोसिमा कार्की र सांसद डा. शेरचनको समूह हावी छ ।
उनीहरुकै सिफारिसमा डा. पाण्डे मेडिकल काउन्सिलको निमित्त रजिष्टार बनाइएका छन् । जबकि काउन्सिलमा निर्वाचित सदस्यलाई रजिष्टारको जिम्मेवारी दिने प्रचलन नै छैन । निमित्त दिनैपर्दा सरकारले मनोनीत गरेका सदस्यलाई दिने गरिएको छ ।
रास्वपाको बाचापत्रमा लेखिएको योग्यतावाद र स्वास्थ्यका नियुक्तिमा देखिएको दलीयकरण

भेरी अस्पतालमा पनि मेरिटका आधारमा होइन, सांसद खगेन्द्र सुनारको भनसुनमा डा. नवीन दर्नाललाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ । उनी २०८३ बैशाख ३० गते हाजिर भइसकेका छन् । डा. निराजन सुवेदीलाई सरुवा गरी दर्नाललाई खगेन्द्र सुनारको चर्को दबाबमा मेसु बनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीको प्रश्न छ–‘रास्वपामा श्रीमान मेडिकल काउन्सिलको उपाध्यक्ष र श्रीमती सांसद भएर स्वास्थ्यका नियुक्तिमा गरेको यो किसिमको चलखेललाई ‘नेपोबेबी’ र ‘झोले’ भन्न मिल्ने कि नमिल्ने ? कि रास्वपाले कार्यकर्ता र नातागोता राख्दा झोले नहुने, अरुले गर्दामात्र हुने हो ?’
स्वास्थ्य मन्त्रालय अन्तर्गत १७ वटा संघीय अस्पताल, ६ वटा प्रतिष्ठान, परिषद, अनुसनधान केन्द्रमा नियुक्तिका लागि कुन्जाङ, तोसिमा, ओजस्वीको समूहले सूची तयार गरिरहेको स्रोत बताउँछ । यी नियुक्तिमा पनि रास्वपानिकटहरुलाई छानीछानी नियुक्ति गर्ने तयारीमा छन् । स्वास्थ्य अन्तर्गतका निकायमा नियुक्तिका लागि रास्वपाको सदस्यता लिने र नेताहरुको चाकडी गर्ने लिगलिगे दौड सुरु भएको छ ।
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको...
काठमाडौं । जलवायु परिवर्तनका असर न्यूनीकरण तथा अनुकूलन क्षमता अभिवृद्धिका लागि नेपालले प्रस्ताव गरेका तीनवटा परियोजनाका अवधारणापत्र अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै घटेका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेको बताएकी छन्। चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend