काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विगतमा हरेक सरकारी निकाय दलीकरण गरिएको भाष्य नै खडा गरी चुनावमा झन्डै दुईतिहाई बहुमत प्राप्त गर्यो ।
पुराना पार्टीहरुले सरकारी निकायमा दलीयकरण गरेको आरोप लगाउँदै सामाजिक संजालमा घृणा फैलाउने रास्वपाले सत्तामा आएपछि गरेका नियुक्तिमा पार्टीनिकट र कार्यकर्तालाई नै प्राथमिकता दिएका तथ्यहरु प्राप्त भएका छन् ।
खुल्ला प्रतिस्पर्धा गरी मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने भन्दै अध्यादेश ल्याएर १५३४ नियुक्ति खारेज गरेको रास्वपाले धमाधम दलनिकटहरुलाई नै धमाधम नियुक्त गरिरहेको छ ।
नेपाल विद्युत प्राधिकरणका २ संचालक, राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवदेखि सेन्सर बोर्डको सदस्य नियुक्तिमा कार्यकर्ता नियुक्ति गरेको आरोप रास्वपामाथि लागेको छ ।
मेरिटोक्रेसीका आधारमा नियुक्त गर्छौं भन्ने रास्वपाले स्वास्थ्य मन्त्रालय अन्तर्गत गरेका केही नियुक्तिमा मेरिटोक्रेसीलाई भन्दा दलीयकरणलाई प्राथमिकता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले २०८३ बैशाख २९ गते रास्वपा निकट डा. दीपेन्द्र पाण्डेलाई नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्टारको जिम्मेवारी दिएकी छन् ।
पाण्डेको दरबन्दी कोशी अस्पतालमा छ । लामो समयदेखि नियमबिपरीत वीर अस्पतालमा काजमा कार्यरत रहेका दशौं तहका चिकित्सक पाण्डेलाई काजफिर्ता गरी कोशीमै पठाउनुपर्ने थियो । तर मन्त्री मेहताले मेडिकल काउन्सिलको निमित्त रजिष्टारको जिम्मेवारी दिएकी छन् । सस्तो लोकप्रियता कमाउन र भाइरल हुन काजमा कार्यरत चिकित्सक र कर्मचारीलाई दरबन्दीमै फिर्ता गरेको प्रचार गराएकी मन्त्री मेहताले रास्वपाका कार्यकर्ताका रुपमा चिनिएका डा. पाण्डेलाई भने काजफिर्ता नगरी झन् महत्वपूर्ण मेडिकल काउन्सिलको निमित्त रजिष्टार बनाएकी छन् ।
मेडिकल काउन्सिलको निर्वाचनमा एमालेसहितका प्रगतिशील समूहनिकट चिकित्सकहरुको प्यानलबाट डा. पाण्डे सदस्यमा बिजयी भएका थिए भने डा. कुन्जाङ शेर्पा उपाध्यक्ष निर्वाचित भएका थिए । तर पाण्डे र शेर्पा एमालेको मतले चुनाव जिते पनि चुनावअघि रास्वपाको पक्षमा माहौल देखिएपछि उपियाँले … छाडेझैं छाडेर रास्वपानिकट हुन पुगेका थिए । र, पाण्डेले त सामाजिक संजालमा भदौ २४ मा सिंहदरबार, सर्वोच्चमा आगो लगाउनेहरुको जस्तै राष्ट्रिय झन्डाले शरीर ढाकेको तस्वीर राखी काठमाडौं क्षेत्र नम्बर ५ मा सस्मित पोखरेललाई मत मागेका थिए ।
कुन्जाङ शेर्पाकी श्रीमती डा. ओजस्वी शेरचन त रास्वपाको समानुपातिक सांसद नै भएकी छन् । कुन्जाङ शेर्पा काउन्सिलको अघिल्लो कार्यसमितिको सदस्यमा पनि एमालेबाटै जितेका थिए । एमालेबाट लिनुसम्म लाभ लिएर उनी रास्वपामा प्रवेश गरी पूर्वगृहमन्त्री सुधन गुरुङसँग निकट भएका छन् । स्वास्थ्य मन्त्रालयमा रास्वपाकी नेतृ मेहता मन्त्री भएपछि नियुक्तिका सवालमा डा. कुन्जाङ शेर्पा, डा. दीपेन्द्र पाण्डे, डा. तोसिमा कार्की र सांसद डा. शेरचनको समूह हावी छ ।
उनीहरुकै सिफारिसमा डा. पाण्डे मेडिकल काउन्सिलको निमित्त रजिष्टार बनाइएका छन् । जबकि काउन्सिलमा निर्वाचित सदस्यलाई रजिष्टारको जिम्मेवारी दिने प्रचलन नै छैन । निमित्त दिनैपर्दा सरकारले मनोनीत गरेका सदस्यलाई दिने गरिएको छ ।
रास्वपाको बाचापत्रमा लेखिएको योग्यतावाद र स्वास्थ्यका नियुक्तिमा देखिएको दलीयकरण

भेरी अस्पतालमा पनि मेरिटका आधारमा होइन, सांसद खगेन्द्र सुनारको भनसुनमा डा. नवीन दर्नाललाई मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ । उनी २०८३ बैशाख ३० गते हाजिर भइसकेका छन् । डा. निराजन सुवेदीलाई सरुवा गरी दर्नाललाई खगेन्द्र सुनारको चर्को दबाबमा मेसु बनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका एक अधिकारीको प्रश्न छ–‘रास्वपामा श्रीमान मेडिकल काउन्सिलको उपाध्यक्ष र श्रीमती सांसद भएर स्वास्थ्यका नियुक्तिमा गरेको यो किसिमको चलखेललाई ‘नेपोबेबी’ र ‘झोले’ भन्न मिल्ने कि नमिल्ने ? कि रास्वपाले कार्यकर्ता र नातागोता राख्दा झोले नहुने, अरुले गर्दामात्र हुने हो ?’
स्वास्थ्य मन्त्रालय अन्तर्गत १७ वटा संघीय अस्पताल, ६ वटा प्रतिष्ठान, परिषद, अनुसनधान केन्द्रमा नियुक्तिका लागि कुन्जाङ, तोसिमा, ओजस्वीको समूहले सूची तयार गरिरहेको स्रोत बताउँछ । यी नियुक्तिमा पनि रास्वपानिकटहरुलाई छानीछानी नियुक्ति गर्ने तयारीमा छन् । स्वास्थ्य अन्तर्गतका निकायमा नियुक्तिका लागि रास्वपाको सदस्यता लिने र नेताहरुको चाकडी गर्ने लिगलिगे दौड सुरु भएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend