Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ३ करोड १२ लाख विगो तथा ६ महिना कैद सँजाय तोकिएका फरार प्रतिवादी गोढ पक्राउ


    बुधबार, बैशाख ३० २०८३
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले ३ करोड १२ लाख ८० हजार विगो तथा ६ महिना कैद भएको राजस्व चुहावट मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

    विशेष सूचनाको आधारमा फरार प्रतिवादी प्रबिन्द्र साह गोढलाई बुधबार टोलीले पक्राउ गरेको हो ।

    लुकिछिपी बस्दै आएका वीरगञ्ज महानगरपालिका वडा नं ३१ बस्ने वर्ष ४२ का गोढलाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    गोढलाई अदालतले ६ महिना कैद तथा रू. ३ करोड १२ लाख ६० हजार ८० रुपैयाँ जरिवाना तिराउन आदेश दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार