काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले चलचित्र लालीबजार रोक्नुपर्ने बताएका छन् । अध्यक्ष साम्पाङले सामाजिक संजालमै लालीबजार रोक्नुपर्ने बताएका छन् ।
उनले लेखेका छन्–लालीबजार नामक विवादित फिल्म रोक्नुपर्छ है ! त्यो फिल्मले सामाजिक अपमान गरेको भन्ने आको छ !
रविन्द्रसिंह बानियाँ निर्माता तथा कलाकार प्रदीप भट्टराई निर्देशक रहेको लालीबजार चलचित्र प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाई गर्दै विपक्षीलाई छलफलमा झिकाउन आदेश दिएको छ ।
न्यायाधीशद्धय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा यो मुद्दामाथि सुनुवाई भएको थियो । फिल्मले वादी समुदायलाई गलत चित्रण गरेको दाबीसहित प्रदर्शन रोक्न माग गर्दै अभियन्ता रोशनी नेपालीले मुद्दा हालेकी थिइन् ।
यसअघि उच्च अदालत पाटनले लालीबजार चलचित्र रोक्न माग गर्दै दायर भएको रिट खारेज गरेको थियो । उच्च अदालतले रिट खारेज गरी चलचित्र प्रदर्शनको बाटो खुल्ला गरेपछि अभियन्ता नेपाली सर्वोच्च अदालतमा न्याय माग्न पुगेकी थिइन् । फिल्मले वादी समुदायलाई गलत चित्रण गरेको दाबी गरिएको छ ।
लालीबजार प्रदर्शनमा रोक लगाउन माग गर्दै उच्च अदालतमा रिट दायर भएपछि कलाकारहरु प्रदर्शनमा उत्रिएका थिए । लालीबजारकी नायिका स्वस्तिमा खड्का हुन् ।

काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको प्रतिष्ठित १७ औँ डि सिने अवार्ड समारोहमा पत्रकार नुमाकान्त पौडेल सम्मानित भएका छन् । छायाँछवि क्रियशनको आयोजनामा काठमाडौंमा रहेको...
काठमाडौं । गएको भदौ २४ गतेको जेनजी प्रदर्शनमा नख्खुजेलमा आगजनी गरी कैदमुक्त भएका रास्वपा सभापति रवि लामिछानेलाई सनरुफवाला बीआईडी गाडीमा राखी आफैंले हाँकेको अन्तर्वार्ता...
काठमाडौँ। गायक रामकृष्ण ढकालले साइबर ब्युरोमा उजुरी दिएका छन्। गायक ढकालले आफ्नो चरित्र हत्या गरेको भन्दै शुक्रबार उजुरी दिएको साइबर ब्युरोका प्रमुख डीआईजी नविन्द अर्यालले...
मुम्बई । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend