8f e§/fO{ /f;;;Fu cGtjf{tf{
sf7df8f}F, @ c;f]h M k"j{k|wfgdGqL Pjd g]kfn ;dfhjfbL kf6L{sf cWoIf 8f afa'/fd e§/fO{ ;+ljwfg lbj;–@)*) sf] k"j{;GWofdf /fli6«o ;dfrf/ ;ldlt -/f;;_ ;Fu cGtjf{tf{ lbg''x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्वासी बस्ती व्यवस्थापनका सन्दर्भमा सरकारलाई मानवीय, योजनाबद्ध तथा दीर्घकालीन नीति अवलम्बन गर्न आग्रह गरेका छन्।
विस्थापित बस्तीहरूको स्थलगत अवलोकनपछि जारी भिडियो सन्देशमार्फत उनले सहरीकरणसँगै यस्ता समस्या स्वाभाविक रूपमा उत्पन्न हुने भएकाले तदर्थ उपायभन्दा संस्थागत समाधान आवश्यक रहेको बताएका छन्।
भट्टराईका अनुसार विस्थापित परिवारहरूलाई राखिएका होल्डिङ सेन्टरहरूमा आधारभूत सेवा सुविधा पर्याप्त छैन। साथै, बालबालिकाको पढाइ प्रभावित हुनु तथा अनौपचारिक श्रममा आश्रित परिवारको आम्दानी स्रोत बन्द हुनु थप जटिलता बनेको उनले उल्लेख गरेका छन्।
उनले सुकुम्वासी नागरिकलाई हेपाहा दृष्टिले हेर्ने प्रवृत्ति अनुचित भएको जनाउँदै बस्ती हटाउने कदमअघि उचित पुनर्स्थापना सुनिश्चित गर्नुपर्ने धारणा राखे। उनका अनुसार संरचना भत्काउने कार्यले मात्र समस्या समाधान हुँदैन, किनकि संविधानले आवासको अधिकारलाई मौलिक हकका रूपमा स्वीकार गरेको छ।
भट्टराईले नदी किनार वा अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने कार्य आवश्यक हुन सक्ने भए पनि त्यसअघि प्रभावित नागरिकका लागि वैकल्पिक बसोबासको स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन्।
उनले सरकारलाई वास्तविक सुकुम्वासी र अवसरको दुरुपयोग गर्ने समूहबीच स्पष्ट पहिचान गरी व्यवस्थित पुनर्वास कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन्। पुनर्स्थापनाका लागि समयसीमा तोकी योजनाबद्ध रूपमा बसोबास व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।
दीर्घकालीन समाधानका लागि आवास मात्र नभई शिक्षा, स्वास्थ्य सेवा, रोजगारीको अवसर तथा सार्वजनिक खुला स्थानसमेत मेटिएको एकीकृत योजना आवश्यक रहेको उनले बताए।
नागार्जुनको इचंगुनारायण क्षेत्रमा रहेका अपार्टमेन्ट संरचनाहरू प्रभावकारी रूपमा उपयोग नभएको उल्लेख गर्दै त्यस्ता पूर्वाधार वास्तविक सुकुमबासीको पुनर्स्थापनामा प्रयोग गर्न सकिने सुझाव पनि उनले दिएका छन्।
भट्टराईले आफू प्रधानमन्त्री रहेका बेला काठमाडौँ उपत्यकाको सहरी व्यवस्थापनका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरण गठन गरिएको स्मरण गराउँदै उक्त संस्थालाई थप अधिकार सम्पन्न बनाई स्थानीय तहसँग समन्वयमा योजनाबद्ध सहरीकरण तथा आवास विकास कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन्।
उनले विगतका अनुभव तथा अन्तर्राष्ट्रिय अभ्यासबाट सिकेर सुकुम्वासी समस्या समाधानतर्फ सरकार अग्रसर हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend