Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


    आइतबार, बैशाख १३ २०८३
    435
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

    सुकुमवासी बस्तीमा डोजर चलिरहेका बेला उनले आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक डाकेका हुन्।

    काठमाडौँ उपत्यकाका सुकुमवासी बस्ती भत्काउने क्रम चलिरहेका बेला सार्वजनिक बिदाकै दिन आइतबार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

    प्रधानमन्त्री बालेनकै निर्देशनमा शनिबारदेखि काठमाडौँस्थित नदी किनारका अव्यवस्थित बस्ती डोजर प्रयोग गरेर हटाउने क्रम चलिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार