काठमाडौं । काठमाडौँको थापाथली, गैरीगाउँपछि कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित मनोहरा सुकुमवासी बस्तीमा आज बिहानदेखि पुनः डोजर चलाउने तयारी गरिएको छ ।
शनिबार साँझ बस्ती हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । ढुंगा प्रहारबाट केही प्रहरी घाइते भएका छन भने त्यसपछि संरचना भत्काउने काम अस्थायी रूपमा रोकिएको थियो ।
सरकारले काठमाडौँका नदी किनारमा रहेका अवैध बस्ती हटाउने अभियान शनिबार बिहानबाट सुरु गरेको हो । सोही क्रममा थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा डोजर चलाएर बस्ती हटाइएको छ। ती स्थानमा बासिन्दाले सामान सार्दै घर छाडेका थिए, तर मनोहरामा भने प्रतिकार भएको हो ।
मनोहरा क्षेत्रमा केही पक्की घरसमेत रहेका कारण डोजर चलाउन थालेपछि स्थानीय आक्रोशित बनेका हुन्। प्रहरीका अनुसार आज बिहानदेखि सुरक्षा व्यवस्था कडा बनाएर पुनः बस्ती हटाउने कार्य अघि बढाइनेछ ।
काठमाडौँ उपत्यका विकास प्राधिकरण का अनुसार नदी किनारका पाँच बस्तीमा गरी ८७१ अनधिकृत घरधुरी रहेका छन्। जसअनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२, थापाथलीमा १४३, गोठाटारमा ७७ र मनोहरामा १३ घरधुरी छन् ।
सरकारले भने वास्तविक सुकुमवासीलाई व्यवस्थापन गर्ने दाबी गरेको छ। थापाथली क्षेत्रमा ६८ परिवार सरकारको सम्पर्कमा आइसकेका छन्। उनीहरूलाई दुई साताभित्र नागार्जुन नगरपालिका–१ स्थित सरकारी अपार्टमेन्टमा अस्थायी रूपमा राखिने र त्यसपछि दीर्घकालीन व्यवस्थापन गरिने बताइएको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend