काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्मा, खगेन्द्र सुनार लगायत सांसदहरू जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेटमा धर्नामा बसेका छन्।
सिन्धुली प्रहरीको हिरासतमा २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणलाई लिएर सरकारको ध्यानाकर्षण उनीहरुले धर्ना सुरु गरेको हो। अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित)युवाको शंकास्पद मृत्यु भएको विषयलाई लिएर सांसद रिमाले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
उनले लेखेकी छन्, ‘एकातिर दलित समुदायसँग क्षमायाचना अर्कोतिर अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्रै (दलित)नागरिकको शंकास्पद मृत्यु! न्याय देऊ सरकार!’
यहि वैशाख ७ गते साँझ सन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा सुनकोसी गाउँपालिका–३ का २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको थियो । उनको शव ५ दिनदेखि अस्पतालमा छ । खोटाङको एक बालिकासँग अन्तरजातीय प्रेमविवाह गरेका उनलाई बालिकाको परिवारले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको थियो ।
काठमाडौँमा पक्रेर सिन्धुली पठाइएका विक हिरासतकै भेन्टिलेटरमा सर्टको पासो लगाएर आत्महत्याको प्रयास गरेको भन्दै प्रहरीले तत्कालै अस्पताल पु¥याएको थियो । तर त्यही साँझ उनको मृत्यु भयो । विकले आत्महत्या गरेको दाबी गर्दै प्रहरीले शव लान आग्रह गरे पनि पीडित परिवारले घटना शंकास्पद देखिएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।
मृतक श्रीकृष्णकी आमा बिन्दामाया विकले आत्महत्या नभएर प्रहरीले नै कुटेर छोरा मारेको आरोप लगाएकी छन् ।
घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडित परिवारलाई न्याय दिन माग गर्दै खगेन्द्र सुनारलगायत सांसदहरू बिहीबार रातिदेखि धर्नामा बसेका हुन् । साथमा सिन्धुलीबाट निर्वाचित सांसद पनि छन् । बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसँगको छलफल गरेका उनीहरूले घटनाको वास्तविकता लुकाउन खोजिएको भन्दै रातिदेखि आन्दोलन थालेका हुन् ।
सुनारसहित रिमा विश्वकर्मा, सुष्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा, आशिष गजुरेललगायत सांसद धर्नामा बसेका छन् ।
उनीहरूले सिन्धुलीका सीडीओ स्किम श्रेष्ठ, एसपी लालध्वज सुवेदी, खुर्कोट इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरदेखि डिउटी अधिकृतसम्मलाई तत्काल निलम्बन गरी छानबिन गर्न माग गरेका छन्।
काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा...
काठमाडौँ। चिलिमे जलविद्युत् केन्द्रको भूमिगत विद्युत्गृहमा फसेका कर्मचारीहरूको उद्धार प्रयास जारी छ। विद्युत्गृह जाने मुख्य पहुँच सुरुङमा ठुलो मात्रामा जम्मा भएको लेदोसहितको बालुवा-ढुंगा हटाउने काम...
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको थप टोली आज नुवाकोट जाने भएको छ। स्वास्थ्य तथा...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले ठूलो संख्यामा ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना गर्ने भएको छ । सशस्त्रले प्रहरी जवानसहित विभिन्न पदमा ६ सय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend