Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीकै नाममा कीर्ते, आयुर्वेद बिभागका डीजी यादवमाथि के कारबाही हुन्छ ?


    शुक्रबार, बैशाख ११ २०८३
    3.9K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवलाई कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उजुरी दर्ता भएको छ ।

    बिभागमा ११ औं तहको कर्मचारीलाई महानिर्देशक बनाउनुपर्ने प्रावधान छ । ११ तहमा तीन बिशेषज्ञ आयुर्वेद चिकित्सक कार्यरत छन् । तर आयुर्वेद बिभागमा १ बर्षभन्दा बढी समयदेखि १० औं तहका डा. श्यामबाबु यादवको हालीमुहाली छ । महानिर्देशकमा टिकिरहनका लागि यादव जातिकै सांसदहरुमार्फत् अहिले पनि उनी दौडधूपमै छन् । उनै यादवमाथि प्रधामन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कारबाहीको माग राख्दै उजुरी परेको छ ।

    यादवले बागमती प्रदेश ०१००२ झ ७३१० नम्बरको सरकारी गाडीलाई बा ११ च ४५०१ नम्बर राखी प्राइभेट नम्बर प्लेट राखी १० महिनासम्म तत्कालीन मन्त्री प्रदीप पौडेल र डा. सुधा शर्माका परिवारजनलाई दुरुपयोग गर्न दिएकाले कारबाही गर्नुनपर्ने माग उजुरीमा गरिएको छ ।

    यसैगरी, बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम राखी मन्त्रीस्तरीय निर्णय अनुसार सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका स्वीकृत भएको भनी बिभिन्न आयुर्वेद संस्थालाई कीर्ते पत्र पठाएको पनि उजुरीमा उल्लेख छ ।

    त्यस्तै महानिर्देशक यादव लगायत उनको कोरटिमको मिलेमतोमा आयुर्वेद संस्थामा कारोबार रकम ७६ लाख हुनुपर्नेमा घटबढ गरेको, बजेट तलमाथि पारेपछि फाइल गायब पारिएको, उनको कार्यकालमा कानुन बिपरीत रकम हिनामिना गरी मन्त्री र सचिवलाई खुसी बनाएको उल्लेख छ ।

    बुढानीलकन्ठस्थित राष्ट्रिय पंचकर्म तथा योग सेवाकेन्द्रको गैरकानुनी संचालन, हस्तान्तरणअघि बजेट खर्च, उद्घाटनमा तत्कालीन प्रधानमन्त्री र स्वास्थ्य मन्त्री सहभागी नै नभए पनि भएको भनी कीर्ते कागजात गरी खर्च देखाएर भ्रष्टाचार गरेको समेत गम्भीर आरोप लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार