काठमाडौं । आयुर्वेद तथा बैकल्पिक चिकित्सा बिभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवलाई कारबाही गर्नुपर्ने माग राखी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उजुरी दर्ता भएको छ ।
बिभागमा ११ औं तहको कर्मचारीलाई महानिर्देशक बनाउनुपर्ने प्रावधान छ । ११ तहमा तीन बिशेषज्ञ आयुर्वेद चिकित्सक कार्यरत छन् । तर आयुर्वेद बिभागमा १ बर्षभन्दा बढी समयदेखि १० औं तहका डा. श्यामबाबु यादवको हालीमुहाली छ । महानिर्देशकमा टिकिरहनका लागि यादव जातिकै सांसदहरुमार्फत् अहिले पनि उनी दौडधूपमै छन् । उनै यादवमाथि प्रधामन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा कारबाहीको माग राख्दै उजुरी परेको छ ।
यादवले बागमती प्रदेश ०१००२ झ ७३१० नम्बरको सरकारी गाडीलाई बा ११ च ४५०१ नम्बर राखी प्राइभेट नम्बर प्लेट राखी १० महिनासम्म तत्कालीन मन्त्री प्रदीप पौडेल र डा. सुधा शर्माका परिवारजनलाई दुरुपयोग गर्न दिएकाले कारबाही गर्नुनपर्ने माग उजुरीमा गरिएको छ ।
यसैगरी, बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम राखी मन्त्रीस्तरीय निर्णय अनुसार सो कार्यक्रम कार्यान्वयनका लागि निर्देशिका स्वीकृत भएको भनी बिभिन्न आयुर्वेद संस्थालाई कीर्ते पत्र पठाएको पनि उजुरीमा उल्लेख छ ।
त्यस्तै महानिर्देशक यादव लगायत उनको कोरटिमको मिलेमतोमा आयुर्वेद संस्थामा कारोबार रकम ७६ लाख हुनुपर्नेमा घटबढ गरेको, बजेट तलमाथि पारेपछि फाइल गायब पारिएको, उनको कार्यकालमा कानुन बिपरीत रकम हिनामिना गरी मन्त्री र सचिवलाई खुसी बनाएको उल्लेख छ ।
बुढानीलकन्ठस्थित राष्ट्रिय पंचकर्म तथा योग सेवाकेन्द्रको गैरकानुनी संचालन, हस्तान्तरणअघि बजेट खर्च, उद्घाटनमा तत्कालीन प्रधानमन्त्री र स्वास्थ्य मन्त्री सहभागी नै नभए पनि भएको भनी कीर्ते कागजात गरी खर्च देखाएर भ्रष्टाचार गरेको समेत गम्भीर आरोप लगाइएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend