काठमाडौं । आयुर्वेद चिकित्सकहरुको छाता संगठन आयुर्वेद चिकित्सक संघको अधिवेशन २ बर्षदेखि हुन सकिरहेको छैन । आयुर्वेद चिकित्सक संघको अध्यक्षको रुपमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादव छन् ।
२०७८ चैतमा २ बर्षका लागि डा. श्यामबाबुको नेतृत्वमा कार्यसमिति चयन भएको थियो । तर ४ बर्षसम्म उनले महाधिवेशन नगरी पद ओगटेर आएका थिए । २ बर्षअघि नै महाधिवेन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा श्यामबाबुले पद ओगटिरहेका छन् ।
महाधिवेशन गर्नतिर उनको चासो नै देखिएको छैन । ब्यापक दबाबपछि आगामी २०८२ चैत २० र २१ गते संघको ११ औं महाधिवेशनको मिति तोकिएको छ । तर त्यो मितिमा पनि महाधिवेशन नगर्न श्यामबाबु लागिरहेका छन् । श्यामबाबुको पदप्रतिको आशक्तिले गर्दा देशभर १ हजार आयुर्वेद चिकित्सकको छाता संगठनको रुपमा रहेको उक्त संघको ११ औं महाधिवेशन चैतमा हुने कुरामा पनि डाक्टरहरु विश्वस्त हुन सकेका छैनन् ।
उनले उक्त संघको अध्यक्ष पदलाई ब्यक्तिगत लाभका लागि दुरुपयोग गरेको आरोप छ । आफ्नो प्राइभेट लिमिटेडकम्पनीजस्तै संघलाई स्वार्थपूर्तिको थलो बनाएका छन् । चिकित्सकहरुको छाता संगठनको रुपमा रहेको नेपाल चिकित्सक संघको अध्यक्षमा डा. अनिलविक्रम कार्की छन् । जसले नियमित अधिवेशनका लागि मिति घोषणा गरी कार्यभार हस्तान्तरण गर्न आतुर छन् ।
भरतपुर क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक कार्कीले आफ्नै पहलमा धेरै चिकित्सकलाई महत्वपूर्ण पद दिलाए पनि आफू भने संघकै गतिबिधिमा मात्र केन्द्रित हुँदैआएका छन् । सोही सरहको पेशागत संगठन आयुर्वेद चिकित्सक संघ भने अध्यक्ष श्यामबाबुको ब्यक्तिगत लाभको लागि दुरुपयोग हुँदैआएको महसुस आम चिकित्सकहरुले गर्दैआएका छन् । उनको अक्षम नेतृत्वको आयुर्वेद चिकित्सकहरुमा संघप्रति बितृष्णा पैदा भएको छ ।
संघलाई मागीखानो भाँडो बनाएकोमा चिकित्सकहरु रुष्ट छन् । आयुर्वेद चिकित्सा पद्धतिको विकास र चिकित्सकहरुको पेशागत हकहितका लागि गठित संघ श्यामबाबुको ब्यक्तिगत हितका लागि मात्र प्रयोग भएको देखिन्छ ।
श्यामबाबु अध्यक्ष भएपछि संघ संंस्थागत रुपमा संचालन हुन नसकेको र उनले झोलामा संघका लेटरप्याडदेखि छापसमेत बोकेर बाटा बाटामा आफ्नो स्वार्थका काम गर्दैआएको आरोप छ। श्यामबाबु टीमवर्कमा काम नगर्ने चिकित्सकका रुपमा चिनिन्छन् ।
दसौं तहका डा. श्यामबाबु बर्षौदेखि आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागको निमित्त महानिर्देशकमा कार्यरत छन् । तर ११ औं तहका बरिष्ठ आयुर्वेद चिकित्सक रामआधार यादव अतिरिक्त समूहमा जिम्मेवारीबिहीन छन् । दसौं तहका कनिष्ट श्यामबाबुले बिभाग चलाइरहेका छन् ।
केही तराईबासीलाई जेनजीको रुपमा स्वास्थ्य मन्त्रालयका मन्त्रीदेखि सचिवसम्मलाई दबाब दिएर बिभागको महानिर्देशकमा टिक्न सफल हुँदैआएका श्यामबाबुलाई मन्त्री सुधा गौतमले साथ दिएकी छन् । केही दिनअघि भारतको एक कार्यक्रममा मन्त्री गौतमले यादवलाई संगै लिएर गएकी थिइन् ।
केही दिनअघि श्यामबाबुको ठाउँमा रामआधारलाई महानिर्देशक बनाउन उठिसकेको टिप्पणी सचिव डा. बिकास देवकोटालाई मन्त्री गौतमले स्थगन लगाएकी थिइन् । मन्त्रीलाई उनले राम्रै खर्चपानीको ब्यवस्था गरेपछि बरिष्ठ डाक्टरलाई बरन्डामा कनिष्ट श्यामबाबुलाई निमित्त महानिर्देशकमा थमौती गरिएको छ ।
जेनजी बिद्रोह सुशासनका लागि भएको थियो । तर बरिष्ठ डाक्टरलाई मन्त्रालयको बरन्डामा राखेर कनिष्टलाई बर्षौदेखि बिभागको निमित्त महानिर्देशकमा राख्नु पनि भ्रष्टाचार नै हो । तर नागरिक सरकारकी मन्त्री डा गौतम यस्तै भ्रष्टाचारमा रमाउँदैआएकी छन् । जेनजी आन्दोलन पछि पनि स्वास्थ्य मन्त्रालयमा एकरत्ति सुधार हुन सकेको छैन, बरु सेटिङ झन् बढी हुने गरेको गुनासो छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend