Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन


    बिहिबार, बैशाख १० २०८३
    570
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई विद्युतीय हाजिरी अनिवार्य गर्न निर्देशन दिएको छ ।

    मन्त्रालयले सबै मन्त्रालय, विभाग, कार्यालय, निकाय तथा स्थानीय तहलाई पत्राचार गर्दै सबै कर्मचारीका लागि विद्युतीय हाजिरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।

    कार्यालयमा कार्यरत कर्मचारीहरूको उपस्थितिको अभिलेखिकरणका लागि विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा कार्यान्वयन गर्न पत्रमा भनिएको छ ।

    उक्त व्यवस्था कार्यान्वयन नभएको अवस्थामा कर्मचारीको दैनिक उपस्थिति (आएको र गएको समय) को विवरण अनिवार्य रूपमा विद्युतीय हाजिरी प्रणालीमार्फत नै अभिलेख गर्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको छ ।

    साथै प्रत्येक १५ दिनको हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित गरेर कार्यालयमा सुरक्षित रूपमा राख्न पनि मन्त्रालयले भनेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार