काठमाडौँ। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा सातामा दुई दिन बिदा दिने नीतिले बिरामीको बिजोग हुन थालेको बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री पौडेलले आफू स्वास्थ्यमन्त्री रहँदा सार्वजनिक बिदाका दिनमा समेत उपचार सेवालाई निरन्तरता दिने प्रक्रिया अघि बढाएको स्मरण गराउँदै अहिले सातामा २ दिन ओपीडी बन्द गरिँदा बिरामी मर्कामा परिरहेको बताएका हुन्।
त्यसैले स्वास्थ्यजस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित नगर्न र आफ्नो पालामा गरिएका सुधारलाई निरन्तरता दिन उनले वर्तमान सरकारसँग अपिलसमेत गरेका छन्।
‘स्वास्थ्य जस्तो संवेदनशील विषयमा नागरिकलाई सेवाबाट बञ्चित गर्ने होइन, यसलाई अझ बढी विस्तार गर्ने नीति आवश्यक छ’, पूर्वस्वास्थ्यमन्त्री पौडेलले लेखेका छन्, ‘यस दिशामा हिजो हामीले सुरुवात गरेका समग्र सुधारका विषयहरूलाई निरन्तरता दिएर स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग विशेष अनुरोध गर्दछु।’
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend