काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र(बालेन) शाह नेतृत्वमा सरकार बनेको एक महिना नबित्दै दुई जना मन्त्री पदबाट बाहिरिएका छन्।
सेयर लगानीको स्रोत र सम्पत्ति शुद्धीकरण अनुसन्धानमा हिरासतमा रहेका दीपक भट्टसँग व्यावसायिक साझेदारीबारे विवाद उत्पन्न भएपछि गृहमन्त्री सुधन गुरूङले बुधबार राजीनामा दिएका हुन्।
चौतर्फी विवाद पछि पार्टी र प्रधानमन्त्री सँग नियमित छलफलमा जुटेका गृहमन्त्री गुरूङले सामाजिक सञ्जाल फेसबुकबाटै राजीनामा घोषणा गरेका हुन्।
गुरूङ बालेन सरकारबाट बाहिरिने दोस्रो मन्त्री हुन्।
यसअघि श्रममन्त्री दीपककुमार साहलाई आफ्नो पदीय जिम्मेवारी दुरूपयोग गरी स्वास्थ्य बीमा बोर्डमा श्रीमतीलाई निरन्तरता दिएको भन्दै बर्खास्त गरिएको थियो।
त्यतिबेला पार्टी अनुशासन आयोगको सिफारिसमा प्रधानमन्त्रीले नै मन्त्रीबाट बर्खास्त गरेका थिए।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend