काठमाडौँ। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का अध्यक्ष परिषद सदस्य सुदन किरातीले पार्टी छाडेको घोषणा गरेका छन्।
यसअघि नै उनले राजीनामा दिएको बताइए पनि उनले बुधबार पार्टी त्यागेको बताएका हुन्।
‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस अवधिमा प्राप्त अनुभवहरूलाई मैले अमूल्य सम्पत्तिको रूपमा आत्मसाथ गरेको छु। संगठनसँगको औपचारिक सम्बन्ध अन्त्य भएपनि आगामी दिनहरूमा आपसी सम्मान, सद्भाव र मित्रवत सम्बन्ध यथावत् रहने विश्वास लिएको छु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई मुटुमा बोकेकाले जस्तोसुकै परिस्थिति आए पनि देश र जनताको सेवा, समर्पण र समाज रूपान्तरणको यात्राबाट पछि नहट्ने उनले बताएका छन्।
‘मेरो लागि आगामी बाटो सजिलो नहुन सक्छ तर जनताको विश्वास र सहिदको बलिदानले देखाएको मार्गमा निरन्तर अघि बढिरहने छु,’ उनले भनेका छन्।
जेनजी आन्दोलपछि तत्कालीन माओवादी केन्द्र त्यागेर उनी प्रलोमा जोडिएका थिए।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend