काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले सोमवार यातायात व्यवसायीलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो।
विभागका निर्देशक गणेशमान सिं राईद्वारा जारी पत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायातलाई सम्बोधन गर्दै विद्यार्थी सहुलियत सुविधा प्रभावकारी रूपमा कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
सरकारले तोकेको यो सहुलियत कार्यान्वयन नगर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याइने समेत विभागले जनाएको छ।
विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबिच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend