काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्धविरामको अवधि अनिश्चितकालका लागि लम्ब्याएका छन् ।
इरान र अमेरिकाबिच २ साताका लागि भएको युद्धविरामको अवधि आज (अप्रिल २२ मा) सकिँदै थियो । तर स्थायी शान्तिका लागि पाकिस्तानमा अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेकाले ट्रम्पले युद्धविरामको समय थप गरेका हुन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत युद्धविरामको समय थप थपिएको जानकारी दिएका छन् । यद्यपि होर्मुज स्ट्रेटमा नाकाबन्दी भने कायमै रहने उनले उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘अपेक्षाअनुसार इरान सरकार आन्तरिक रूपमा विभाजित छ। पाकिस्तानका फिल्ड मार्सल असिम मुनिर र प्रधानमन्त्री सहबाज सरिफले तबसम्म इरानमा आक्रमण रोक्न माग गरेका छन्, तबसम्म उनीहरूका नेता र प्रतिनिधिहरूले साझा प्रस्ताव ल्याउँदैनन्।’
उनले अगाडि लेखेका छन्, ‘त्यसकारण मैले हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य मामिलाका लागि पूर्ण रूपमा तयार रहन आदेश दिएको छु। परिणाम जस्तोसुकै होस्, उनीहरूको प्रस्ताव नआएसम्म र वार्ता पूरा नभएसम्म युद्धविराम लम्ब्याइनेछ ।’
यसैबीच युद्धविराम लम्ब्याएकामा पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले ट्रम्पलाई धन्यवाद दिएका छन् ।
सरिफले लेखेका छन्, ‘म राष्ट्रपति ट्रम्पलाई हृदयदेखि नै धन्यवाद दिन्छु। हाम्रो अनुरोध स्वीकार गर्दै युद्धविराम लम्ब्याउनुभयो ताकि कूटनीतिक प्रयास अगाडि बढ्न सकोस्।’
उनले अगाडि लेखेका छन्, ‘पाकिस्तानले भरोसा र विश्वासका साथ वार्ताबाट समाधान निकाल्ने कोसिस जारी राख्नेछ। मलाई आशा छ– दुवै पक्षले युद्धविराम पालना गर्नेछन् र इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट दिगो शान्ति सम्झौता हुनेछ र द्वन्द्व सधैँका लागि अन्त्य हुनेछ।’
तर पाकिस्तानका प्रधानमन्त्री सरिफले इस्लामाबादमा दोस्रो चरणको वार्ता कहिले हुन्छ भन्ने कुरा उल्लेख गरेका छैनन्।
यसअघि वार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स मंगलबार नै पाकिस्तान प्रस्थान गर्ने भनिएको थियो। तर इरान वार्ता गर्न इच्छुक नभएका कारण तत्काललाई पाकिस्तान जाने कार्यक्रम रद्द गरिएको ह्वाइट हाउसले जनाएको छ ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमा संयुक्त हवाई हमला गरेपछि मध्यपूर्वभरि द्वन्द फैलिएको थियो । ट्रम्पले युद्धविराम घोषणा गरेयता इजरायल र अमेरिकाले इरानविरुद्ध आक्रमण रोकेका छन् । तर लेबननमा इजरायलले आक्रमण जारी राखेको छ ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend