काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले आज विज्ञप्ति जारी गरी विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने सरकारको निर्णय लोकतान्त्रिक मूल्य(मान्यता विपरीत र अधिनायकवादी प्रवृत्ति रहेको बताए।
नेता खड्काले नेपालको राजनीतिक इतिहासमा विद्यार्थी आन्दोलनको महत्त्वपूर्ण भूमिका रहेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आइपुग्दा विद्यार्थीको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नुभयो । निर्दलीय पञ्चायती व्यवस्थाको समयमा राजनीतिक दलमाथि प्रतिबन्ध हुँदा विद्यार्थी संगठनहरूले लोकतन्त्रको पक्षमा जनचेतना फैलाएको उनको भनाइ छ ।
नेता खड्काले विसं २०३६र३७ सालको विद्यार्थी आन्दोलन, २०४६ को जनआन्दोलन तथा २०६२र६३ को ऐतिहासिक आन्दोलनमा विद्यार्थीहरूको सक्रिय सहभागिताले वर्तमान राजनीतिक व्यवस्था स्थापना सम्भव भएको बताए । वर्तमान सरकारले लोकतान्त्रिक स्वतन्त्रताको उपयोगबाट उदाएका युवा नेतृत्व बालेन शाहलाई स्थापित गर्ने वातावरण बनेको भए पनि सोही सरकारले विद्यार्थी संगठनमाथि प्रहार गर्नु विरोधाभाषपूर्ण रहेको नेता खड्काको भनाइ छ ।
विद्यार्थी संगठनलाई केवल राजनीतिक आस्थासँग जोडिएका संस्था मात्र नभई शैक्षिक क्षेत्रका विकृति र विसंगति विरुद्ध आवाज उठाउने वैधानिक निकायको रूपमा वर्णन गरेका छन् । नेता खड्काले सरकारलाई उक्त निर्णय तत्काल फिर्ता लिन र विद्यार्थी सङगठनहरूको गरिमा कायम राख्न आग्रह गरे । अन्यथा, लोकतन्त्रको रक्षाका लागि विद्यार्थीहरू पुनः आन्दोलनमा उत्रिन सक्ने उनले चेतावनी दिए ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत...
काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा...
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले...
काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend