काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटका लागि वैशाख १० गते पेसी तोकिएको छ।
वैशाख १० गते उक्त रिटको सुनुवाइ पूर्ण इजलासमा पेस हुने भएको सर्वोच्च अदालतका सहरजिस्ट्रार एवं प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
चैत १५ गते न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त मुद्दा सुनुवाइका लागि पूर्ण इजलासमा पेस गर्न आदेश गरेको थियो। तर उक्त इजलासले मिति भने तोकेको थिएन।
मिति नतोकेपछि पेसी तोकेर सुनुवाइ यथाशीघ्र गर्न माग गर्दै कानुनका विद्यार्थी आयुष बडालले निवेदन दिएका थिए।
न्यायाधीश शर्मा र मुसलमानको इजलासले आठ वटा प्रश्नको व्याख्या गर्नुपर्ने भन्दै पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो। पूर्ण इजलास भनेको तीन वा तीन जनाभन्दा बढी न्यायाधीश सम्मिलित इजलास हो।
रविका हकमा तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले पुस ३० गते सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा संशोधन गर्ने निर्णय गरेकी थिइन्। तर त्यसको केही दिनपछि माघ २ गते त्रुटि सच्याइएको भन्दै सबै प्रतिवादीहरूविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्न निकास दिइएको थियो।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत...
काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा...
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ र ५ को सिमाना भएर बग्ने हुङ्गा खोला पहिरोले थुनिएपछि दुधकोशी नदीको तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले...
काठमाडौँ। जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर जफत गरेर सर्वसाधारणलाई वितरण गरेको छ। प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काको नेतृत्वमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend