काठमाडौँ । आफ्नै कार्यालय प्रमुख तथा प्रहरी संगठनको प्रतिष्ठामा आँच पुग्ने गरी नक्कली अडियो तयार पारी सार्वजनिक गरेको आरोपमा मधेस प्रदेश प्रहरी मातहतका एक वरिष्ठ सईलाई निलम्बन गरिएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) सागर शमशेर जबरालाई आचारसंहिता विपरीत कार्य गरेको आधारमा निलम्बन प्रक्रिया अघि बढाइएको हो।
प्रहरी विवरण अनुसार उक्त अधिकृतले एक व्यवसायीलाई फोनमार्फत काल्पनिक प्रसंग सिर्जना गरी अडियो सामग्री तयार पारेको र त्यसलाई सञ्चार माध्यममार्फत सार्वजनिक गराएको पाइएको छ। प्रारम्भिक छानबिनले संगठन तथा कार्यालय नेतृत्वलाई विवादित र बदनाम गराउने उद्देश्यले उक्त सामग्री निर्माण गरिएको संकेत गरेको जनाइएको छ।
सहायक प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार प्रहरी नियमावली २०७१ (संशोधनसहित) अनुसारको आचारसंहिता उल्लंघन भएको निष्कर्ष निकाल्दै निलम्बन प्रक्रिया अघि बढाइएको हो।
प्रहरीले कानुन विपरीत सामग्री उत्पादन गरी संगठनलाई नै कमजोर पार्ने उद्देश्यले गरिएको यस्तो गतिविधि अनुशासन विपरीत भएको उल्लेख गर्दै सम्बन्धित अधिकृतलाई कारबाहीको दायरामा ल्याइएको स्पष्ट पारेको छ।
साथै, यस्ता भ्रामक तथा तथ्यहीन सामग्रीको प्रभावमा नपर्न आम नागरिक र सञ्चार माध्यमलाई आग्रह गरिएको छ। घटनाबारे थप विस्तृत अनुसन्धान जारी रहेको र निष्कर्षसहितको विवरण चाँडै सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend