Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगे गृहमन्त्री


    सोमबार, बैशाख ७ २०८३
    520
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

    गुरुङ सम्पत्ति शुद्धीकरण मुद्दाका अभियुक्त दीपक भट्ट र व्यापारिक घराना शङ्कर ग्रुप लगायतसँग बिजनेस पार्टनर भएको खुलेसँगै उनीमाथी प्रश्न उठेको छ । यहीबिचमा उनले सोमबार बिहान पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका हुन् ।

    उनी लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित निवास पुगेका हुन् । गोरखा–१ बाट निर्वाचित सांसद रहेका उनी चैत १३ गते गृहमन्त्री बनेका थिए । गुरुङलाई कारबाही गर्ने सम्बन्धमा पार्टीभित्र उच्च नेताबिच छलफल भएपछि उनको दौडधुप बढेको छ ।

    उनलाई कारबाही गर्ने र नगर्ने विषयमा आज दिउँसो बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार