Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • एकता कायम राख्न वर्तमान नेतृत्वले थप जिम्मेवारी बहन गर्नुपर्ने देउवा समूहको निष्कर्ष


    आइतबार, बैशाख ६ २०८३
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेस भित्र निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले पार्टी एकता कायम राख्न वर्तमान नेतृत्वले थप जिम्मेवारी बहन गर्नुपर्ने धारणा अघि सारेको छ।

    सर्वोच्च अदालत ले विशेष महाधिवेशनपछि गठन भएको नेतृत्वलाई आधिकारिकता प्रदान गरेपछि उत्पन्न परिस्थितिबारे रणनीति तय गर्न बसेको पूर्वकेन्द्रीय सदस्यहरूको छलफलले सो निष्कर्ष निकालेको हो।

    भेलामा सहभागी नेता कुन्दनराज काफ्लेका अनुसार विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूबीच आगामी कार्यदिशाबारे प्रारम्भिक विमर्श भएको छ। उनका अनुसार संगठनलाई कुन दिशामा लैजाने भन्ने विषयमा छलफल क्रमशः अघि बढिरहेको छ।

    बैठकमा पार्टीले विगतमा भोग्दै आएका राजनीतिक उतारचढाव र हालको परिस्थितिबारे विश्लेषण गरिएको जनाइएको छ। साथै, संगठनात्मक एकता मजबुत बनाउन सबै तहका नेता-कार्यकर्ताको मनोबल उच्च राख्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

    त्यसैगरी, पार्टी केन्द्रीय कार्यालय सानेपा मा आवश्यक छलफलको वातावरण सिर्जना गर्ने जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने धारणा पनि बैठकमा व्यक्त गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार