Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दीपेन्द्रको कप्तानीमा टी-२०आई खेल्ने नेपाली टोली घोषणा, टिममै परेनन् रोहित पौडेल


    शुक्रबार, बैशाख ४ २०८३
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ ।

    नेपाल क्रिकेट संघ ९क्यान० ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।

    यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

    यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ ।

    क्यानले टी-२०आई टोलीको कप्तानी दीपेन्द्रले तथा ओडिआई टोलीको कप्तानी रोहित पौडेलले गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार