काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले काभ्रेको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्र पुगेर सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० छपाइको पछिल्लो अवस्थाबारे स्थलगत जानकारी लिएका छन् ।
केन्द्रको निरीक्षणका क्रममा सञ्चार मन्त्री डा। तिमिल्सिनाले अहिले सरकारले सार्वजनिक सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राखेको अवस्थामा नागरिकले ट्रायल पास गरेको लामो समयसम्म लाइसेन्स नपाउने स्थितिको अन्त्य गर्न लागिएको बताए।
साथै ट्रायल पास गरेपछि राजस्व तिरेको २४ घण्टाभित्र लाइसेन्स छापी हस्तान्तरण गरिसक्ने व्यवस्था आजदेखि कार्यान्वयनमा आएको उनले जानकारी दिए । सञ्चार मन्त्री डा। तिमिल्सिनाले लाइसेन्स छपाइ प्रक्रियालाई तीव्र बनाउँदै सबै बाँकी लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए ।
“अब सम्भव कामलाई असम्भव भनेर रोकिराख्ने प्रवृत्ति अन्त्य हुन्छ । ट्रायल पास गरेपछि महिनौँसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्दै राजस्व तिरेको २४ घण्टाभित्र छपाइ प्रक्रिया सक्नेकाम आजैदेखि लागू भएको छ”, उनले भने ।
निरीक्षणका क्रममा मन्त्री डा. तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रलाई राज्यको महत्त्वपूर्ण सम्पत्ति र सम्भावनायुक्त संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै यस केन्द्रलाई प्रभावकारी बनाउने विषय आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले आवश्यक इच्छाशक्ति र तत्परताको अभावका कारण विगतमा विभिन्न निकायमा समस्या जटिल बनेको बताए। अब ती समस्याहरू समाधान गर्दै संस्थागत जिम्मेवारी बढाउनुपर्नेमा उनले जोड दिए ।
मन्त्री डा तिमिल्सिनाले केन्द्रमा रहेका उपकरणको प्रभावकारी उपयोग गर्न निर्देशन दिँदै ठूलो लगानीमा खरिद गरिएका उपकरण वर्षौंदेखि प्रयोगविहीन रहेकोप्रति असन्तुष्टि जनाए। करिब रु एक अर्ब बराबरका उपकरण, जेनेरेटरलगायत सामग्री प्रयोगमा ल्याउनुपर्नेमा उनले जोड दिए। तीन वर्षदेखि थन्किएर बसेका मेसिनहरू अहिले सञ्चालनमा ल्याइएको र छपाइ कार्य सम्भव भएको अवस्थामा विगतमा किन काम हुन सकेन भन्ने प्रश्न पनि उनले उठाए ।
निरीक्षणका क्रममा मन्त्री डा। तिमिल्सिनाले नागरिकको डाटा सुरक्षालाई उच्च प्राथमिकता दिन निर्देशन दिँदै सरकार जनताको हितमा मात्र सञ्चालन हुने स्पष्ट पारे। “सरकार कसैको स्वार्थमा होइन, जनताको चाहनामा चल्छ”, उनले भने । साथै, सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न, गुनासो सुन्न र समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
त्यसैगरी, देशभर मोबाइल नेटवर्क र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्ने विषय पनि मन्त्रालयको प्राथमिकतामा रहेको मन्त्री डा। तिमिल्सिनाले बताए। नेपाल टेलिकमको सेवा गुणस्तरबारे आउने गुनासो समाधान गर्दै आगामी एक वर्षभित्र देशका सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य राखिएको उनले उल्लेख गरे ।
सुरक्षित मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले यो संस्थालाई दीर्घकालीन रूपमा बलियो बनाउने उद्देश्यले व्यावसायिक योजना तयार गरिरहेको जानकारी दिए। भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट, अन्तस्शुल्क स्टिकरलगायत महत्त्वपूर्ण कागजात छाप्ने सकिने उनको भनाई छ । केन्द्रले करिब रु आठ अर्बको बजेटसहित विस्तृत योजना सरकारसमक्ष पेस गरेको ढुंगानाको भनाइ छ ।
कार्यकारी निर्देशक ढुंगानाका अनुसार हाल दैनिक करिब ४० हजार हाराहारी लाइसेन्स छपाइ भइरहेको छ । विदेश जाने नेपाली नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकतामा राखिएको र यातायात व्यवस्था विभागबाट दैनिक करिब एक हजार आवेदन प्राप्त हुने गरेको उनले जानकारी दिए। यही वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उनको भनाइ छ ।
सो अवसरमा सांसदहरू मधुकुमार चौलागाईं, डा राम लामा, बदनकुमार भण्डारीलगायतको उपस्थिति रहेको थियो । मन्त्री डा। तिमिल्सिनाले केन्द्रको भौतिक पूर्वाधार, मेसिनरी तथा खाली भवनको अवस्थाबारे समेत जानकारी लिएका थिए ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend