Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले गरे मुख्यमन्त्रीहरूसँग छलफल


    बिहिबार, बैशाख ३ २०८३
    370
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् ।

    आज (बिहीबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् । छलफलमा पाँच वटा प्रदेशका मुख्यमन्त्रीहरू सहभागी भएका छन् ।

    कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी भएनन् ।

    मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका मुख्यमन्त्री छलफलमा सहभागी भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार