काठमाडौँ । विभिन्न सरकारी कार्यालयमा गरिएको छड्के निरीक्षणका क्रममा देखिएका अनुशासनहीनता र समय पालन सम्बन्धी कमजोरीका आधारमा राष्ट्रिय सतर्कता केन्द्रले ६३२ कर्मचारीमाथि कारवाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।
केन्द्रका अनुसार सेवा प्रवाह बढी हुने कार्यालयहरूलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा कार्यालय समयमा अनुपस्थित रहने तथा कार्यसम्पादनमा लापरबाही देखाउने कर्मचारीहरू पहिचान गरिएको हो ।
सोही आधारमा उनीहरूमाथि प्रशासनिक कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरिएको जनाइएको छ ।
केन्द्रका प्रवक्ता नारायणप्रसाद भट्टका अनुसार सिफारिस गरिएका कर्मचारीहरूलाई प्रचलित निजामती सेवा ऐनअनुसार सम्बन्धित कार्यालय प्रमुखले चेतावनी पत्र जारी गर्ने व्यवस्था रहनेछ । त्यस्ता चेतावनीको अभिलेख सम्बन्धित कार्यालयमै सुरक्षित राखिनेछ ।
ऐनअनुसार दुई पटकसम्म चेतावनी पाइसकेका कर्मचारीमाथि थप विभागीय कारबाही हुने प्रावधान रहेको पनि उनले स्पष्ट पारे । अनुगमनका क्रममा समय पालन नगर्ने कर्मचारीलाई प्राथमिक रूपमा कारबाहीका लागि सिफारिस गरिएको हो ।
केन्द्रले केही कर्मचारीमाथि आवश्यक कारबाही अघि बढिसकेको जानकारी समेत प्राप्त भएको जनाएको छ । साथै, दैनिक रूपमा सेवा प्रवाह हुने कार्यालयहरूमा नियमित छड्के अनुगमन जारी रहेको छ ।
प्रदेश तहमा समेत निगरानी विस्तार गर्दै केन्द्रले प्रत्येक प्रदेशका एक(एक जिल्लामा विशेष अनुगमन अभियान सञ्चालन गरिरहेको छ । जनसम्पर्क बढी हुने सरकारी कार्यालयहरूमा केन्द्रित अनुगमन अझ तीव्र पारिएको जनाइएको छ ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्रीले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत...
काठमाडौं । औषधि ब्यवस्था बिभागका २ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ । बिभागकी दशौं तहकी बरिष्ठ औषधि ब्यवस्थापक शिवानी खड्गीलाई बिहीबार स्वास्थ्य तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend