Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • भ्रष्टाचार नगरी कमाउनु पाप होइन: गृहमन्त्री


    सोमबार, चैत्र ३० २०८२
    495
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रश्न उठेपछि गृहमन्त्री सुधन गुरुङले बिना भ्रष्टाचार कमाउनु कुनै पाप नभएको बताएका छन् ।

    उनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै आफ्नो सम्पत्तिको बचाउ गर्दै लेखेका छन्, ‘तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो।’ उनले अगाडि लेखेका छन्, ‘सरकारमा आउनअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो । चेतना भया ।’

    सार्वजनिक विवरणअनुसार गृहमन्त्री गुरुङसँग धनकुटा, चितवन र गोरखामा जग्गा छ । उनको धनकुटामा १९ रोपनी, चितवनमा ३० कट्ठा र गोरखामा २२१ रोपनी जग्गा रहेको पाइएको छ । उनको बैङ्क खातामा करिब ६० लाख रुपैयाँ छ भने विभिन्न कम्पनीमा साढे चार करोड रुपैयाँ बराबरको सेयर लगानी छ ।

    उनको नाममा एउटा कार पनि रहेको छ । चल सम्पत्तितर्फ देखिएको ८९ तोला सुन र ६ किलो चाँदी समेत रहेको उल्लेख गरेका छन् । उनले आफ्नो धेरै सम्पत्ति पैतृक रूपमै पाएको दाबी पनि गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार