Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • ओलीको सफलतापूर्वक सल्यक्रिया सम्पन्न, पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा


    सोमबार, चैत्र ३० २०८२
    505
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीमा रहेको पत्थरी निकालिएको छ । टिचिङ अस्पतालका डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले केहि बेरअघि ओलीको शल्यक्रिया गरेर पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकालेको हो ।

    ओलीको सचिवालयका अनुसार शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएपछि उनलाई अपरेसन थिएटरबाट वार्डमा सार्ने तयारी भइरहेको छ । स्वास्थ्य अवस्थासम्बन्धी विस्तृत विवरण केहीबेरमै प्रेस नोटमार्फत सार्वजनिक गरिने अस्पतालले जनाएको छ।

    रास्वपाका बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओली पक्राउ परेका थिए । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार