काठमाडौँ । नेपाली काँग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार) बस्ने निर्णय गरेको छ। पार्टीका अनुसार बैठक दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकको मुख्य एजेन्डा वैशाख ४ गतेका लागि तय गरिएको संसदीय दलको नेता चयन प्रक्रियासम्बन्धी छलफल रहनेछ। उक्त पदका लागि अर्जुनरसिंह केसी, भीष्म आङ्देम्बे, मोहन आचार्य र जनकराज गिरी लगायत नेताहरू आकांक्षी रूपमा देखिएका छन्। साथै, केही समूहले नयाँ पुस्ताबाट नेतृत्व चयन हुनुपर्ने धारणा राख्दै निस्कल राईको नामसमेत अघि सारेका छन्।
शीर्ष तहका नेताहरूबीच सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको जनाइएको छ।
यसका अतिरिक्त बैठकमा क्रियाशील सदस्यता अद्यावधिक, ‘जरामा जाऔँ’ अभियानलगायत संगठनात्मक विषयमा पनि छलफल हुने कार्यक्रम रहेको छ। पार्टीले नयाँ वर्षको पहिलो दिनदेखि देशभर क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्ने तथा त्यससँगै नेताहरूलाई खटाएर एक महिने ‘जरामा जाऔँ’ अभियान अघि बढाउने तयारी गरेको छ।
उक्त बैठकले संसदीय दलको नेतृत्व चयनसँगै संगठनात्मक गतिविधिको आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend