काठमाडौं । नेपालमा केरा उपभोग गर्नेको संख्या ठूलो छ । नेपाल केरामा आत्मनिर्भर भएको दाबी गर्दै सरकारले आयात बन्द गरेको छ । गएको असोज महिनादेखि नेपालमा केरा आयात कानुनी रुपमा बन्द गरिएको छ ।
नेपाली केरा उद्योगलाई प्रबद्र्धन गर्नकै लागि आयात बन्द गरिएको सरकारको दाबी छ । नेपाल केरामा आत्मनिर्भर छ भनिए पनि गैरकानुनी रुपमा भन्सारछली गरी ठूलो परिणाममा भारतीय केरा आयात भइरहेको छ ।
विगतमा नेपाली बजारमा उपभोक्ताले प्रतिदर्जन १ सय ५० रुपैयाँसम्म खरिद गर्दैआएको केरा अहिले आयात बन्द गरिएपछि अत्यधिक महंगो भएको छ । उपभोक्ताले एक दर्जन केराको २ सय ५० देखि ३ सय रुपैयाँसम्म तिर्न बाध्य हुँदैआएका छन् ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार पछिल्लो १ बर्षमा केराको मूल्य प्रतिदर्जन ४० प्रतिशतले बढेको पाइएको छ ।
केरा आयात नरोकिंदासम्म खुद्रा मूल्य प्रतिदर्जन १ सय देखि १ सय ५० रुपैयाँमा पाइने केराको मूल्य अहिले खुद्रा बजारमा २ सय ५० देखि ३ सय रुपैयाँ पुग्दा पनि कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले समस्या समाधानमा चासो राखेका थिएनन् ।
चुनावमा दुईतिहाई बहुमत ल्याएको वालेन्द्र शाह सरकारकी कृषि मन्त्री गीता चौधरीले केरा आयातमा रोक लगाउने निर्णय पुनर्विचार नगर्ने हो भने तस्करीको केराका कारण एकातिर दैनिक ५० लाख रुपैयाँभन्दा बढी राजस्व गुमिरहेको छ भने अर्कोतिर उपभोक्ताहरु चर्को मूल्य तिरेर किन्न बाध्य छन् ।
अवैध रूपमा सेटिङ गरेर केरा भित्र्याउने क्रममा भन्सारदेखि सशस्त्र र नेपाल प्रहरीलाई घुस बुझाउनुपर्ने र बढी खर्च लागेको बहानामा ब्यापारीहरुले चर्को मूल्य असुलिरहेका छन् ।
वैधानिक रुपमा आयात रोकिँदा सीमामा हुने विषादी चेकजाँच र क्वारेन्टाइन परीक्षण समेत नभएकाले जनस्वास्थ्यमा झन् ठूलो जोखिम बढेको छ ।
आयात बन्द गरिएको भनिए भारतीय सीमा जोडिएका नाकाहरुबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा केरा तस्करी गरी भित्रने गरेको छ । सन्त तुल्सीदास फलफूल तथा एसी चेम्बरका संचालक भारतीय नागरिक शम्भु साह भन्ने शंकर साहले दैनिक १० ट्रक केरा तस्करी गरी नेपाल भित्र्याउने गरेको स्रोतको दाबी छ । चुनावको मौका छोपेर दैनिक करोडबराबरको केरा तस्करीका माध्यमबाट भित्रिरहेको छ ।
नेपाली ब्यवसायीलाई केरा आयातमा रोक लगाइएपछि भारतीय नागरिक साह केरा तस्करी गर्ने धन्दामा तल्लीन भएर लागेका छन् । साहले प्रतिबक्सा ५ सय ८४ रुपैयाँमा खरिद गरिएको केरा दोब्बरभन्दा बढी प्रतिबक्सा १ हजार २ सय रुपैयाँमा नेपाली ब्यापारीलाई बिक्री गर्दैआएका छन् ।
तस्करी गरी केरा आयात गर्दा दैनिक लाखौं रुपैयाँ भन्सार छली गरेका साहले आफूले केरा तस्करी गर्दैआएको स्वीकार गरेका छन् । नेपालफेस डटकमसँग उनले १० ट्रकमात्र होइन, भन्सारका कर्मचारीले मलाई ५० ट्रक ल्याउन छुट दिएको खुलेआम बताएका छन् ।
भारतबाट केरा तस्करी गर्नेमा महेश नामका अर्का ब्यापारी पनि संलग्न रहेका छन् । राष्ट्रिय उपभोक्ता मंच नेपालका अध्यक्ष प्रेमलाल महर्जनले हचुवाका भरमा केरा आयात प्रतिस्थापन गर्ने सरकारी निर्णय गलत भएको, आत्मनिर्भर भने पनि कृषि मन्त्रालयले बजारको एकीन तथ्यांक नै लिन नसकेको, स्वदेशी उत्पादनलाई प्रबद्र्धन गर्ने नाममा आयात रोकेर तस्करीलाई प्रोत्साहन गरेको आक्रोशपूर्ण प्रतिक्रिया दिए ।
दैनिक करोडौैं मूल्यको केरा तस्करी हुँदा राज्यका निकाय निरीह भएका हुन वा सेटिङमा भित्र्याउन दिइएको हो भन्ने प्रश्न उठेको छ । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले केराको कालोबजारी हुँदा पनि रोक्न कुनै चासो नदेखाई तस्करसँगै मिलेमतो गर्दैआएको आरोप छ ।
बजारको अनुगमन र कालोबजारी नियन्त्रण गर्नुपर्ने जिम्मेवारी बोकेको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग भने केराको मूल्यबृद्धि र कालोबजारीका बारेमा अनभिज्ञजस्तै देखिएको छ । बाणिज्य बिभागका सूचना अधिकारी नरहरि तिवारीले केराको कालोबजारीका बारेमा अनभिज्ञता प्रकट गर्दै भने–‘तपाईंले भनेपछि बिभागको जानकारीमा आएको छ । अब यसबारेमा हामी एक्सन लिन्छौं ।’
रोशन ज्ञवाली बाणिज्य बिभागको महानिर्देशकमा आएपछि बजार अनुगमन ठप्पजस्तै छ । देखावटी रुपमा एकाध फर्ममाथि अनुगमन गरेजस्तो मात्र गर्दै बजारमा मनपरी गर्न छुट दिएर बाणिज्यका डीजी रोशन ज्ञवाली कमाउनै बिजी भएको आरोप छ ।
कुमारप्रसाद दाहाल महानिर्देशक हुँदा बाणिज्य बिभागले चाह्यो र काम गर्न दिने हो भने बजारलाई नियमन गर्न सक्दोरहेछ भन्ने उदाहरण प्रस्तुत गरेका थिए । तर कमलकिशोर मालपानीहरुको ठगीलाई रोक्न खोज्दा अवकाशको मुखमा उनको सरुवा गरिएको थियो ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend