काठमाडौं । विगतमा सामाजिक संजाल लगायतका बिभिन्न मञ्चमा प्रश्न गर्न पाउनुपर्ने र बोल्न पाउनुपर्ने माग राख्ने राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वको सरकारले बोलेकै र प्रश्न गरेकै आधारमा युटुबर रोशन पोखरेललाई पक्राउ गरेको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युटुवर पोखरेललाई प्रधानमन्त्री वालेन्द्र शाहविरुद्ध अपशब्द प्रयोग गरी अपमानजनक सामाग्री बनाएको आरोप लगाइएको छ ।
सरकारमा गएपछि प्रश्न सुन्न नचाहने प्रबृत्ति रास्वपामा पनि देखापरेको टिकाटिप्पणी भइरहेको छ । विगतमा ‘सिंहदरबार जलाइदिन्छु’, ‘टुकुचामा गाडिदिन्छु’, मध्यरातमा फलाना पार्टी…. भनेर मध्यरातमा सामाजिक संजालमा लेख्नेहरुको आलोचना गरी एक महिनाअघि बोलेको भिडियोकै आधारमा पोखरेललाई प्रहरीले पक्राउ गरिएको बताइएको छ । पोखरेलले उक्त भिडियो युटुबबाट हटाइ सके पनि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘एचएडीएस’ नामक युटुब च्यानल चलाउने पोखरेललाई साइबर ब्यूरोको अनुसन्धानका आधारमा पक्राउ गरी अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ । उनले उक्त भिडिओ च्यानलबाट हटाए पनि साइबर अपराधमा मुद्दा चलाउने तयारी गरिएको छ ।
काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरेको छ । समितिका अनुसार साविकको गोवरडिया गाविस वडा नं ६...
बीरगन्ज । बाराको फेटा गाउँपालिकामा स्वास्थ्य चौकी उदघाटन गर्ने विषयलाई लिएर दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । शनिबार बिहान गाउँपालिका अध्यक्ष रूस्तम...
काठमाडौँ। अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो क्षेत्रमा निरन्तर वर्षा हुँदा जनजीवन प्रभावित भएको छ। हिमपातका कारण कोरला नाका ठप्प भएको छ...
डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend