काठमाडौँ। हिन्द महासागर सम्मेलनका क्रममा मोरिसस पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच शुक्रबार पोर्ट लुइसमा द्विपक्षीय भेटवार्ता भएको छ।
नवौँ हिन्द महासागर सम्मेलन (आईओसी)को साइडलाइनमा भएको यो भेटमा दुई देशबीचको साझेदारी र क्षेत्रीय सहकार्यका विविध आयामबारे छलफल भएको हो।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत मन्त्री खनाललाई नियुक्तिमा बधाई दिँदै विभिन्न क्षेत्रमा प्रगाढ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘नेपालसँगको साझेदारीमा रहेका पूर्ण सम्भावनाहरूलाई साकार पार्न विभिन्न क्षेत्रमा थप गहिरो सहकार्य गर्नेबारे हामीले छलफल गर्यौँ,’ जयशंकरले उल्लेख गरेका छन्।
बिहीबार मोरिससतर्फ प्रस्थान गरेका मन्त्री खनालले सम्मेलनमा ‘माउन्टेन–ओसियन कनेक्टिभिटी’ (हिमाल र महासागरको सम्बन्ध) को मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्। भूपरिवेष्ठित राष्ट्र भए पनि नेपालले आफ्नो वैदेशिक व्यापारका लागि समुद्री मार्गको अपरिहार्यता र हिन्द महासागरको स्वास्थ्यमा आफ्नो हिस्साबारे सम्मेलनमा राष्ट्रिय अडान राख्ने बताइएको छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend