Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • शुक्रबार २ हजार २ सयले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    शुक्रबार, चैत्र २७ २०८२
    665
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो।

    आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको महासंघले जनाएको छ । अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

    आज चाँदी पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ८५ रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९६० रुपैयाँमा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार