काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि पेट्रोलियम पदार्थको निरन्तर मूल्यबृद्धि किन भइरहेको छ भनेर प्रश्न गरेकी छन् ।
खुस्बुको प्रश्न छ–‘मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गर्छ, यो व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता हो ?’
उनी सामाजिक संजालमा लेख्छिन्–‘सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशतसम्म छुट दिए पनि त्यसको प्रत्यक्ष लाभ जनताले महसुस गर्न सकेका छैनन् । मूल्यवृद्धि निरन्तर भइरहँदा पनि निगमले अझै अर्बौं घाटाको कुरा गर्छ, यो व्यवस्थापनको कमजोरी हो कि नीतिगत असफलता ?
प्रश्न सीधा छ, जब करमा छुट दिइएको छ भने किन बजारमा मूल्य घट्दैन ? किन सरकार जनतालाई राहत दिने गरी मूल्य नियन्त्रण गर्न असफल हुन्छ ?
जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरकारको भूमिका केवल घोषणा गर्ने होइन, प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने हुनुपर्छ ।’
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend